eNepal

नेपालमा पार्टी बस सञ्चालनमा आउँदै

टाढाको यात्रा गर्न मात्र होइन अब पार्टी गर्नका लागि समेत पार्टी बस सञ्चालनमा आउने भएको छ । त्यस्तो किसिमको बस आगामी जनवरी दोस्रो साताबाट सञ्चालनमा ल्याइने सञ्चालकले जनाएको छ । मानिसहरु विवाह, बर्थ डे लगायत अन्य पर्वका अवसरमा पार्टी प्यालेस, होटल तथा रेष्टुरेन्टहरुमा गएर मनाउने गरिएको छ । तर अब बस सञ्चालनमा आएसँगै अन्त धाउनुपर्ने बाध्यताको अन्त्य हुने सञ्चालकको जिकिर रहेको छ ।

पार्टी गर्नका लागि क्लव, होटल तथा रेष्टुरेन्ट तथा पार्टी प्यालेसमा उपलब्ध हुने परिकार तथा सेवा सुविधा बसभित्र नै उपलब्ध हुनेछ । जसमा सुविधा सम्पन्न बार, हाईफाई डीजे संगीत प्रणाली, छुट्टै धूम्रपान क्याबिन, डान्स फ्लोर समेत रहेको छ । त्यसको प्रयोग बापत कम्पनीले शुल्क समेत निर्धारण गरेको छ ।

जस अनुसार हप अन पार्टी राइडको प्रति व्यक्ती १ हजार निधाृरण गरेको छ । भने प्राइभेट पार्टीको ३ घण्टाको लागि ३ हजार ५ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । साथै कम्पनीका अनुसार त्यसपछि भने प्रत्येक घण्टा १ हजार, ६ घण्टाको प्राइभेट पार्टीको ५ हजार ५ सय र त्यसपछि प्रती घण्टा १ हजार, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय र त्यसपछि प्रती घण्टा १ हजार निर्धारण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै पार्टी बस नेपालले स्पेसल थिमको पार्टीको लागि भने प्रती व्यक्ती १ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

उक्त पाटृि बसले एयरपोर्ट आवतजावतका क्रममा एक तर्फीका लागि २ हजार लाग्नेछ भने दुइतर्फीका लागि ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal