eNepal

ड्रोन प्रस्तुतिमा कता हरायो लिपुलेक, सरकारमाथि गम्भीर प्रश्न

 १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको समापन मंगलबार भएको छ । भब्यताका साथ समापन सकिएको छ । नेपालले समापनलाई यादगार बनाउन १५० वटा ड्रोनको समेत प्रयोग गरेर आकर्षक प्रस्तुती गरेको थियो ।

ड्रोनमार्फत बनाइएको नेपालको नक्सामा भने भारतले नयाँ नक्सामा आफ्नोतर्फ समेटेको लिपुलेकलाई समावेश नगरिएकोमा धेरैलाई खट्कियो।

देश नै लिपुलेक नेपालको भएको भन्दै प्रर्दशनमा उत्रिरहँदा सरकार भने औपचारिक प्रस्तुतीमा गल्ती गरेको छ।यो गल्ती हो वा केपी शर्मा ओली नेतृत्वको सरकारले जानीजानी गरेको हो ? यससम्बन्धमा सरकारले जवाफ दिनु जरुरी रहेको माग हुन थालेको छ। 

ओली सरकारले भारतद्धारा सीमा मिचेको नक्सा सार्वजनिक हुँदा पनि पत्र लेख्नु बाहेकको चासो देखाउन सकेको छैन । प्रभावकारी कुटनीतिक पहल हुन सकेको छैनI

त्यतिमात्र हैन परराष्ट्र मन्त्रालयले समेत फितलो विज्ञप्ति निकालेर टारेको यथार्थ हामी सामु छ । यति ठूलो सीमाको विषयमा केवल नेपाली भाषामा मात्र निकालिएको विज्ञप्तिले भन्छ कि त्यो विज्ञप्ति भारतलाई समेत देखाइएन। 

यो कमजोरीको पछाडि ओली सरकारको नियत अझै स्पष्ट भइसकेको छैन । त्यसमाथि सातै राष्ट्रका प्रतिनिधि रहेको सागको समापनमा सही सन्देश दिन नसक्नु सरकारको कमजोरी हो । या जानीजानी सरकारले यसलाई प्रश्रय दिएको हो भने यो गम्भीर आपत्तिजनक छ । ड्रोनको प्रयोगमा युनिकपन छ । तर आफ्नो सही नक्सा बनाउन नसक्नेलाई कार्वाही किन नगर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ । 

‘सीमा चिनाऔं माटो बचाऔं’ अमिथानका अभियन्ता नवराज त्रिपाठीले सरकारले गरेको यो गल्तीको समर्थन गर्न नसकिने बताए। नेपालको वास्तविक नक्सा बनाउन अभियान चलाएका उनीहरुले सरकारको लागि एउटा कार्यक्रम ल्याउने बताए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal