eNepal

बाबा एजुकेशन कन्सल्टेन्सीका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा सम्मानित ।

देबराज दुलाल इ-नेपाल
सिड्नी, अस्ट्रेलिया

विगत १० वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय बाबा एजुकेशन कन्सल्टेन्सीका नेपाल निर्देशक राजेन्द्रकुमार शर्मा ‘नेशनल एक्सिलेन्स अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । राजेन्द्रलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्याएवापत भारतको इन्दोरमा आयोजित एक समारोहबीच सम्मान गरिएको थियो । बाबा ऐजुकेसनका शर्मा लामो समयदेखि शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले बाबा ऐजुकेसन कन्सल्टेन्सीका नेपाल प्रमुख शर्मालाई अवार्ड प्रदान गरेकी थिइन् ।

बाबा एजुकेशनले अहिले काठमाडौको न्यूरोड, भक्तपुरको सुर्यबिनायक, पोखराको चिप्लेढुंगा, इटहरी र अष्ट्रेलियाको सिड्नीबाट शैक्षिक परामर्श प्रदान गर्नुका साथै सामाजिक क्षेत्रमा आफ्नो उपस्थिति जनाइरहेको शर्माले जानकारी दिए ।

भारतीय संस्था अल्मा आयोजक रहेको यो अवार्ड कार्यक्रममा नेपाल, भारत, बेलायत, अमेरिका, भूटान, श्रीलंका र बंगलादेशलगायत मूलुकहरूको सहभागिता थियो । अल्माको यो २०औँ अवार्ड कार्यक्रम हो ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal