eNepal

यस्तो थियो शालिकराम पुडासैनी र अस्मिता कार्कीबीचको सम्बन्धको भित्री पाटो

२० साउनमा माउन्टेन टेलिभिजनका पत्रकार कालिकराम पुडासैनी चितवनको एक होटलमा मृत अवस्थामा फेला परेपछि ओखलढुंगाकी रुकु भनिने अस्मिता कार्कीको नाम सतहमा आयो।

शालिकरामको मोवाइलमा प्रहरीले फेला पारेको भिडियोमा उनले आफ्नो आत्महत्याको दोष यिनै २२ वर्षीया अस्मिता, पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेललाई लगाएका छन्।

चर्चाको यो कोलाहल माझ छायामा परेकी अस्मिताबारे भएको खोजले उनी कसरी परिबन्धमा परेकी थिइन् भन्ने मात्र देखाउँदैन, आत्महत्या गरेका पत्रकार शालिकरामले उनलाई कसरी निरन्तर मानसिक यातना दिइरहेका थिए भन्ने पनि प्रष्ट पार्छ।

यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

शालिकराम र अस्मिताबीच विभिन्न चरणमा फेसबुक म्यासेन्जर र एसएसमार्फत भएका कुराकानीसम्बन्धी तथ्य भेट्टाएको छ, जसले अस्मिता र शालिकरामको प्रेम प्रकरणमा रवि र पत्रकार युवराजको कुनै प्रत्यक्ष संलग्नता नरहेको देखाउँछ।

अस्मिता कार्की र पत्रकार शालिकराम पुडासैनीको कुराकानीका प्रत्येक प्रमाण केलाउँदा रञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबार उति जानकार देखिँदैनन्।

रविको ख्यातीलाई शालिकरामले बारम्बार भजाउन खोजे पनि उनीहरुको कुराकानीमा रविको कुनै भूमिका रहेको प्रसंग देखिँदैन।

शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ।

रविलाई शालिकरामले लेखेका थिए, ‘दाइ मलाई माफ गर्नुहोला। तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्क्याउने मान्छेले मलाई धोका दिएकी छ दाइ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal