पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल नर्स रुकु भनिने अस्मिता काकीविरुद्ध किटानी जाहेरी परेको छ ।
स्व. पुडासैनीकी श्रीमती श्रीमती सम्झना पुडासैनीले काठमाडौं प्रहरी परिसरमा किटानी जाहेरी दिएकी हुन् । ‘जाहेरी दर्ता गरिएको छ,’ काठमाडौं प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले भने ।
चितवन प्रहरीले जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर पक्राउ परेका रविसहित तीनजनाबारे अनुसन्धान गरिरहेको छ । पुडासैनीले हात्महत्या गर्नुअघि लामिछाने, कँडेल र अस्मिताले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै भिडियो रेकर्ड गरेका थिए । सोही आधारमा प्रहरीले उनीहरुलाई पक्राउ परेको हो ।

