eNepal

विदेशी लिगमा डेब्यु गर्दै सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले विदेशी लिगमा डेब्यु गर्ने भएका छन् । सोमपाल विंनिपेग हक्सको एड्मोंटन रोयल्ससँगको खेलमा शुरुवाती ११ परे पछि विदेशी लिगमा डेब्यु गर्ने भएका हुन् ।

सोमपाल लेग स्पिनर सन्दिप लामिछाने पछि विदेशी लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । सोमपाललाई विंनिपेग हक्सले केहि समय अघि भएको ड्राफ्टमा तीन हजार अमेरिकन डलरमा आफ्नो टोलीमा समावेस गरेको थियो । सोमपाल सन्दिपसँगै सिंगापुरमा सम्पन्न भएको ट्वान्टी ट्वान्टी विश्वकप छनोट पछाडी क्यानाडा उडेता पनि पछिल्ला खेलहरुमा शुरुवाती ११ मा स्थान बनाउन असफल भएका थिए ।

आजको खेलमा विंनिपेग हक्सले टस हार्दै पहिले ब्याटिंग गर्ने भएको छ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal