eNepal

आफैंले पक्राउ गरेका अभियुक्तकी श्रीमतीलाई एसएसपीको सम्मान

गुण्डा नाइके निमा भन्ने राजेन्द्र लामालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले गएको असार ३१ मा पक्राउ गरेको थियो । उनकी श्रीमती छेसाङ तामाङले ब्यूटी कन्टेष्टमा भाग लिंदा बुझाएको शुल्क फिर्ता माग्दा नदिएपछि निमाले आयोजकलाई धम्क्याएका थिए । धम्की दिने निमालाई प्रहरीले पक्राउ गरेको थियो । उनी बानेश्वर बृत्तको हिरासतमा छन् । तर आफैंले पक्राउ गरेका र हिरासतमा रहेका निमा लामाकी श्रीमती छेसाङ लामालाई काठमाडौं परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले सम्मान गरेका छन् ।

शनिबार दरबारमार्गको डेसाज लाउन्ज बारमा आयोजित कार्यक्रममा एसएसपी सुवेदीले निमाकी श्रीमती छेसाङलाई सम्मान गरेका हुन् । नेपाल प्रहरीको एसएसपी देउती गुरुङकी नाताले बहिनी शान्ता तामाङले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा एसएसपी सुवेदी सहभागी भएका थिए । र, कार्यक्रममा गुण्डानाइके लामाकी श्रीमतीलाई उनले सम्मान गरेको तस्वीर नै छेसाङ तामाङले सामाजिक संजाल फेसबुकमा राखेकी छन् । उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा पनि थिए । निमा लामालाई आफ्नै युनिटले पक्राउ गरी हिरासतमा राखेको बेला उनकी श्रीमतीलाई सम्मान गर्न बोलाउादा एसएसपी सुवेदी जानु कति उचित हो त्यो प्रहरीको नैतिकताभित्र पर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ । हिरासतमा भएका ब्यक्तिका आफन्त र परिवारलाई प्रहरीले भेट्न त मिल्दैन भने उनले त सम्मान नै गरेका छन् । यसरी भेट्नुलाई प्रहरीलाई प्रभावमा पारेको अर्थमा लिने गरिन्छ । तर एसएसपी सुवेदीले त भेटेको मात्र होइन, सम्मान नै गरेका छन् ।

निमा पक्राउ परेपछि श्रीमती छेसाङले शुक्रबारमात्रै फेसबुकमा प्रहरीलाई गालीगलौज गर्दै निमालाई पक्राउ गरी बिधिको शासनको उपहास गरेको उल्लेख गर्दै स्टाटस पोष्ट गरेकी थिइन् । काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका लामा ज्यान मार्ने उद्योगमा यसअघि २०७४ चैत ४ मा पक्राउ परेका थिए । पछिल्लो समयमा व्यवसायीलाई धम्की दिने, चन्दा संकलन गर्नेलगायतका काम गरेको पाइएपछि पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तम सुवेदीले जानकारी दिएका थिए । सुवेदीले लामा प्रहरीले निगरानीमै राखेका व्यक्ति भएको पनि बताएका थिए ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal