eNepal

कति कमाउनेले कति कर तिर्नुपर्छ?

कुनै पनि नेपालीले व्यवसाय गरेर वा रोजगारी गरेर आयआर्जन गर्छन् भने त्यसको केही भाग करको रूपमा सरकारलाई बुझाउनुपर्ने हुन्छ। कमाइमा तिरिने भनेको कर सरकारले तोकेको दर अनुसारले तिर्नुपर्छ। यो दर हरेक आर्थिक वर्षमा  पुनरावलोकन गरिन्छ र नयाँ दर तोक्नुपर्ने भए त्यसै अनुसार तोकिन्छ। आर्थिक विधेयक २०७६ले यो आर्थिक वर्ष २०७६।७७ को लागि आयकरको नयाँ दर तोकेको छ। यो लेख हामी त्यसैमा आधारित भएर तयार पर्दै छौँ।

कसले कर तिर्नुपर्छ ?

आयकर नेपाल भित्र वा बाहिर रोजगारी वा व्यवसायबाट आम्दानी हुने सबै व्यक्तिले तिर्नुपर्छ।

कसरी तिर्ने?

सरकारले साउनदेखि कुनै पनि कम्पनी तथा फार्म तथा निकायले स्थायी लेखा नम्बर(प्यान) बिना तलब दिन नपाउने व्यवस्था गरेको छ। 

यसका लागी कर लाग्ने आय हुने सबैले व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ र प्यानमा दर्ता हुनुपर्छ।

दर्ता गर्नलाई आफूलाई पायक पर्ने आन्तरिक राजस्व विभाग भएको स्थानमा जानुपर्छ। 

जस्तै आफू बसोबास गर्ने, कारोबार गर्ने वा व्यवसाय भएको स्थान नजिकैको आन्तरिक राजस्व कार्यालयबाट PAN लिन सक्छन्।

PAN मा दर्ता कसरी गर्ने र के के प्रक्रियाहरू पुर्याउनुपर्छ भन्ने जान्नलाई यो लिङ्क खोल्नुहोस्

कति तिर्नुपर्छ?

अविवाहितको हकमा

४ लाख रुपैयाँसम्म कमाई भएमा – १ प्रतिशत

४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशत

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशत

७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत

२० लाखभन्दा बढी – ३६ प्रतिशत

उदाहरणको लागि जस्तै २५ लाख आम्दानी हुनेले निम्न तरिकाले कर तिर्नुपर्छ

४ लाख रुपैयाँसम्म – १ प्रतिशतको दरले ४ हजार

४ लाखदेखि ५ लाख रुपैयाँसम्म – १० प्रतिशतको दरले १० हजार

५ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँसम्म – २० प्रतिशतको दरले ४० हजार

७ लाखदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशतको दरले ३ लाख ९० हजार

२० लाखभन्दा बढी – ३६ प्रतिशतको दरले १ लाख ८० हजार

जम्मा गरेर ६ लाख २४ हजार रुपैयाँ कर तिर्नुपर्छ।

विवाहितको हकमा

४ लाख ५० हजार रुपैयाँसम्म – १ प्रतिशत

४ लाख ५० हजारदेखि ५ लाख ५० हजार रुपैयाँसम्म – १० प्रतिशत

५ लाख ५० हजारदेखि ७ लाख ५० हजार रुपैयाँसम्म – २० प्रतिशत

७ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म – ३० प्रतिशत

२० लाखभन्दा बढी – ३६ प्रतिशतका दरले आयकर तिर्दै जानुपर्छ।

करको फाइदा र दम्पतीले पाउने कर सुविधाको बारेमा जान्न यो लिङ्कमा जानुहोस्।

नोट : यो लेख आर्थिक विधेयक २०७६ मा भएको आयकर सम्बन्धी जानकारीको आधारमा तयार पारिएको हो।

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal