eNepal

जर्मनी गएका कलाकार उतै भागे

नाटक देखाउन जर्मनी पुगेका कलाकार उतै भागेका छन्। नाटक देखाउन जर्मनी पुगेका पोखराको युथ क्रिएसन थिएटरका तीनजना कलाकार उतै लुकेका हुन्।  

२०७१ मा ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ नाटक मञ्चन गरेर पोखराको नाटकलाई पुनर्जागरण गर्ने जस पाएको युथ क्रिएसनमा आबद्ध कलाकार विदेश पुगेर भागेपछि स्वदेश फर्किएका कलाकारहरु बदनाम भो भन्दै चिन्तित देखिन्छन्।

थिएटरको टोली गण्डकी क्षेत्रमा बोलिने लवज, भाषा, शैलीलाई टिपेर बालन शैलीमा तयार गरिएको लोक नाटक ‘घेरो’ लिएर जर्मनीमा सन् १९८७ देखि वर्षेनी भइरहेको ‘अन्तर्राष्ट्रिय लोकसाहित्य महोत्सव’ मा सहभागी हुन पुगेको थियो।

असार १८ मा १२ कलाकार जर्मनी हिँडेका थिए। तर फर्किनेबेलामा ८ जना मात्रै फर्किए। ४ जना त्यहीँबाट फरार भए। पोखराबाट थिएटरका अध्यक्ष तथा निर्देशक कपिल शर्मा, सचिव सौगात पोखरेल, नाटकका लेखक केदार पौडेल, कलाकारहरु सम्झना अधिकारी शर्मा, संरचना पौडेल, मधुसूदन पौडेल, विमल पौडेल, शर्मिला बस्नेत, लक्ष्मण डुम्रे, रामहरि अधिकारीका साथमा काठमाडौंबाट सरोज अर्याल, सन्दीप डंगोल टोलीमा थिए। शर्मा नाटकका लेखक केदार पौडेलकी पत्नी हुन्। उनी कलाकार नभए पनि नाटककै टोलीमा मिलाएर पौडेलसँगै लगेका थिए।

तर, एक हप्तापछि नेपाल फर्कने बेलामा ‘घेरो’ नाटक टोलीका तीनजना पोखरेली कलाकार मधुसूदन पौडेल, संरचना पौडेल र शर्मिला बस्नेत जर्मनीमै लुके।

विभिन्न कार्यक्रम लिएर विदेश पुगेकाहरु उतै भाग्नु नौलो हैन। अमेरिका, युरोपतिर भागेर बसेका कलाकारको संख्या निक्कै छ। कोही आयोजकलाई पत्तै नदिई धोका दिएर भागिदिन्छन् भने केही संस्थाले कार्यक्रमको आवरणमा मानव तस्करी समेत गर्ने गरेको देखिन्छ।

तीनजना कलाकार जर्मनीमै लुकेको थिएटरका सचिव सौगात पोखरेलले पुष्टि गरे। जर्मन उड्ने बेला ती कलाकारसँग ६ देखि ११ दिनसम्मको भिसा थियो। 

कलाकार हराएपछि खोजीका लागि थिएटरले जर्मनस्थित प्रहरी र जर्मनका लागि नेपाली राजदूतावासमा उजुरी दिएको बताएको छ। लुकेका तीनमध्ये मधुसूदन पौडेलले फेसबुकमार्फत आफू पोर्चुगल पुगिसकेको र यसले संस्थालाई परेको असरका लागि ‘माफ गर्नुस्’ भनेर लेखेका छन्।

कलाकार मधुसूदन पौडेल, शर्मिला बस्नेत र संरचना पौडेल

कसरी भागे कलाकार

सचिव पोखरेलका अनुसार भिसा म्याद ६ दिनलाई मात्रै थियो। त्यसैले एक दिन अगावै फर्किए उनी। ७ जना भोलिपल्ट फर्किए। तर, ३ जना समूहलाई नै थाहै नदिई जर्मनीमै हराए।

जर्मनीमा नाटक दुई सो थियो। कल्चरल सो पनि थियो। नाटक सो पछि कल्चरल सो ८ जनाले मात्र गरे। जुलाई ६ मा वर्कशप भयो।  मधुसूदन र सम्झना टाउको दुख्यो भनेर होटलबाट निस्केनन्। खाना खाएर फर्कँदा शर्मिला, अञ्जनाको लगेज ब्याग होटलमै थिए, मान्छे थिएनन्।

‘जे गरे बेठीक गरे। संस्थाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर लगेका हौं। अब नियतै खराब भएपछि के लाग्छ र ? हामीलाई विश्वासघात गरेर तनाव दिए’ उनले भने।

सेटिङ त हैन ?

विभिन्न कार्यक्रम लिएर विदेश पुगेकाहरु उतै भाग्नु नौलो हैन। अमेरिका, युरोपतिर भागेर बसेका कलाकारको संख्या निक्कै छ। कोही आयोजकलाई पत्तै नदिई धोका दिएर भागिदिन्छन् भने केही संस्थाले कार्यक्रमको आवरणमा मानव तस्करी समेत गर्ने गरेको देखिन्छ।

अधिकांश विदेशमा हुने अवार्ड समारोह पछिल्लो समय मानवतस्करीको मुख्य स्रोत बन्ने गरेको देखिन्छ। तर युथ क्रिएसनका पदाधिकारीहरु भने आफूहरुको नियत कलाकार लगेर उतै भगाउने नरहेको दाबी गर्छन् । आफूहरुले नेपाल फर्कने लिखित सहमति गरेर दुईतर्फी हवाई टिकटसमेत काटेकाले मानव तस्करी नगरेको उनीहरुको दाबी देखिन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal