eNepal

नेपालमै ‘पानीजहाज’ बन्यो, अब दशैअघि नारायणी नदीमा चल्ने

नेपालमै पहिलोपटक नारायणी नदिमा निर्माण र संचालन हुन लागेको रिभर क्रुज शिप (पानिजहाज) दशैअघि संचालनमा आउने भएको छ । रिभर क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले आज (शनिवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दुई महिनामा निर्माण सम्पन्न हुने जानकारी दिएको हो ।

नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए। पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ।

भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ। ‘क्रुज शिप संचालन पश्चात नेपालको जल यातायातको सम्भाव्यतामा प्राबिधिक आधार तयार हुनेछ,कंडेलले भन्नुभयो’,तीन सिफ्टमा क्रुज संचालनको तयारी गरेका छौं ।’ बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहानेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहानेका लागी लन्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुनेछ ।

प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देबघाट पुगेर गोलाघाटसम्म लैजाने गरी संचालनको तयारी भएको कंडेलले बताउनुभयो । एक पटकमा २ सय जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज २ तल्ला, १ सय फिट लम्बाइ र २५ फिट चौडाइएको हुनेछ । रिभर क्रुजले नारायणी किनारलाई संधै चलायमान गराउने निर्माण कम्पनीको दाबी छ ।

क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानिका साथ क्रुज निर्माण र पुर्ब तयारी गरिरहेको कंडेलले बताउनुभयो । ‘क्रुज सिपको संचालनका लागी आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई बिदेशी हुनेछन्,उहाँले भन्नुभयो’,दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र संचालन गर्ने योजनामा छौं ।’

क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणिय प्रभाव मुल्यांकन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदि किनारमै निर्माण भइरहेको छ । निर्माणको जिम्मा लिएको भारतिय कम्पनी ग्रान्डडुअरले लामो समयदेखि भारत, मलेसिया, श्रीलंका, दुबई, सिंगापुर लगाएतका देशमा सफलतापूर्वक काम गरिसकेको छ ।

पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्‍याउने योजनाकारको अपेक्षा रहेको छ। चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए।

कँडेलले भने, “नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो।” दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट-गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको बताइएको छ। एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा दुईतले हुनेछ र त्यसमा दुई सय जना अट्छन्।

पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने बताइएको छ। पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ। पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal