eNepal

उपत्यकाका सम्पदा खतराको सूचीमा पर्नबाट जोगिए

उपत्यका भित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत सम्पदाको पुनःनिर्माण आगामी सन् २०२२ सम्ममा सम्पन्न गरिसक्ने सर्तमा ती सम्पदा खतराको सूचीबाट टरेको छ । राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सम्पदाको पुनःनिर्माणमा बेवास्ता जनाएको भन्दै खतराको सूचीमा सूचीकृत गर्ने चेतावनी दिएको थियो । युनेस्कोको विश्व सम्पदा समितिको हालै सम्पन्न बैठकले आगामी तीन वर्षभित्र उपत्यकाका सातवटै सम्पदालाई पूर्ववत् अवस्थामा फर्काउन सके खतराको सूचीमा नराख्ने भनेपछि ठूलो राहत भएको छ । पुरातत्व विभागको विश्व सम्पदा महाशाखाका प्रमुख डा. सुरेश श्रेष्ठले आगामी सन् २०२२ सम्ममा सबै सम्पदाको पुनःनिर्माण सम्पन्न गरिसक्नुपर्ने सर्तमा खतराको सूचीमा सूचीकृत नगर्ने निर्णय भएको बताउँदै भन्नुभयो, “त्यतिन्जेलसम्ममा पुनःनिर्माणका काम सक्नुपर्ने छ । अब कुनै पनि कारणले पुनःनिर्माण कार्य रोकिनुहुँदैन । ”

भूकम्पका कारण विश्व सम्पदा क्षेत्रका १४० वटा संरचना भत्किएकोमा हालसम्म ९४ वटाको पुनःनिर्माण भइसकेको छ । अजरबैजानको बाकुमा भएको विश्व सम्पदा समितिको ४३औँ बैठकमा नौ तल्ले दरबारको पुनःनिर्माण कार्यको खासै प्रगति नभएको विवरण प्रस्तुत गरिएपछि समितिका सदस्य चीनका प्रतिनिधिले सो गलत भएको भनेपछि नेपाललाई सजिलो बनेको थियो । सन् २०१५ मा सरकारले पाँचदेखि सात वर्षसम्ममा पुनःनिर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको हुनाले बैठकले सन् २०२२ सम्मको समयावधिलाई स्वीकार गरेको थियो । उहाँले यसै वर्ष युनेस्कोबाट पुनःनिर्माणको प्रगतिबारे अनुगमन गर्न टोली आउनेसमेत जानकारी दिनुभयो ।

गोरखापत्र

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal