eNepal

सरकारी होस् या नीजिको कर्मचारी तलब लिन प्यान नम्बर अनिवार्य, अनलाईनबाट यसरी लिनुहोस्

आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन ।

नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान अनिवार्य भएको हो ।

प्यान कार्ड नलिएकाहरुले एक हजार रुपैयाँभन्दा माथिको तलब बैंकबाट लिनुपर्ने अनिवार्यता हुनेछ । एक हजार भन्दा कम लिंदा मात्र नगद कारोवार गर्न पाउनेछ ।

प्यान कसरी लिन सकिन्छ जान्नुहोस्

१. आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्

२. होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।

३. User Name मा आफूले सम्झने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।

४. अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस्जा र Submit गर्नुहोस ।

५. Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।

६. उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।

७. राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ । यो सबै प्रक्रिया निशुल्क हो । प्यान कार्ड लिन कुनै शुल्क तिर्नु पर्दैन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal