eNepal

पण्डित दीनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता

पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ । 

हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।  

नेपाली समूदायप्रति पुर्‍याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ । 

यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् । 

उनले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन ।  अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’

उनलाई दिइएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेका छन् । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal