eNepal

करिश्माले पनि पास गरिन् एसइई

बर्ष २०७५ मा सम्पन्न एसइई परिक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालित परीक्षाको नतिजा बिहिबार प्रकाशित गरेको हो । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । धेरैको चासोको बिषय रहेकी अभिनेत्री करिश्मा मानन्धरले जीपीए ३ अर्थात ‘बि प्लस’ ल्याउदै एसइइ परिक्षा पास गरेकी छिन्। उनि बिहान बाट नै नतिजाको लागि उत्साहित रहेकी थिइन्। करिश्माको एसईई नजिता आउने बितिकै उनलाई गोल्डेन गेट कलेजले फ्री मा प्लस २ पठाउने बताएको छ। तर करिश्माले सरकारी कलेजमा पढ्ने प्रतिक्रिया दिएकि छिन।

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। ए प्लस ल्याउनेमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा छन्।  ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal