eNepal

प्रकाश सपुत र शम्भु राईबिच कुरो मिल्यो

गलबन्दी गायक प्रकाश सपुत र शम्भु राईबीच सहमती भएको छ । गायक शम्भु राईले प्रकाश सपुतलाई आफ्नो देउसी भैलो गीतको लय चोरी गरेको आरोप लगाएका थिए । उनीहरुको प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा छलफलमै सहमतिमा भएको छ ।

शम्भु राइले ‘गलबन्दी’ गीत समावेश भाका आफ्नो ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । उनीहरुबीच लामो समय देखि छलफल भइरहेको थियो । तर, यो विवाद रजिस्टार कार्यलय पुगेर टुंगिएको छ । सहमती अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपी अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि आर्थिक अधिकार एवम् प्रतिलिपी अधिकार दाबी नगर्ने सहमति भएको छ ।

शम्भु राइले कानुनी उपचार खोज्दै प्रतिलिपी अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने सहमती पनि दुई गायकबीच सहमती भएको छ । यो विवाद उत्पन्न भएसँगै सामाजिक सञ्जालमा पनि विवाद उत्पन्न भएको छ । त्यसैले सामाजिक सञ्जालमा आउने भ्रमित विषयवस्तु र समाचारलाई अन्त्य गर्दै आगामी दिनमा यस विवादको विषयमा कुरा नगर्ने सहमती भएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal