एउटा भ्रष्ट पत्रकारलाई कारवाहि गर्छु भन्दा उनकै खेदो खन्न लागिपरेका छन् नेपाली मिडियाहरु । सिंहदरवार काण्ड, ३३ किलो सुन काण्ड, कंचनपुर बलात्कार काण्ड खै कहाँ हराए । हुदाँ हुँदा संसदमा समेत यसकै कुरा चल्दा एकदमै आश्चर्य लाग्यो । भ्रष्टहरुलाई कालोमोसो दल्छु, हड्डी तोड्छु भन्नु कसरी संविधान विपरित भयो । के हाम्रो देशमा राम्रो काम गर्न नपाईने हो ?
के यहिँ हो हामीले चाहेको प्रजातन्त्र ? लाखौँ युवा मेयरकै पक्षमा बोलिरहदा किन पत्रकार र मिडियाहरु जनसागर मेयरकै पक्षमा उभियो भनेर लेख्न सक्दैनन् । रवि लामिछानेले नाकको डाडि भाच्छु भन्दा वाह वाह गर्ने मिडिया मेयरले त्यहिँ कुरा भन्दा किन यति धेरै आलोचना ?
हैन पत्रकारले मनपरी बद्नाम गर्न हुने अनि जनताको लागी कर्मनिष्ठ भएर काम गरेका मेयरले भ्रष्टलाई कारवाहि गर्छु भन्न नपाउने ? आखिर कहिले सम्म आम जनताले अन्याय सहनुपर्ने ? नाकको डाडि हैन मेयर साब हात खुट्टानै भाचिदिए हुन्छ । सहिलाई सहि र गलतलाई गलत बोल्ने सामार्थ सबै संग हुनु पर्छ । होईन भने आम देशवासीले चाहेको विकास र परिवर्तनको सपना कहिल्यै पुरा हुनै सक्दैन ।

