ग्रामी अवार्ड विजेता ‘क्लिन ब्यान्डिट’ ‘टुबोर्ग ओपन उद्घाटन कार्यक्रम २०१९’ मा प्रस्तुति दिन नेपाल आइपुगेको छ ।
ब्यान्डिटका सदस्यहरूले २ दिने भ्रमणको पहिलो दिनमा टुबोर्ग ओपन सोमवार भएको उद्घाटन कार्यक्रम २०१९ मा नीतेशजंग कुँवरसँग प्रस्तुति दिएका छन् ।
कुँवरले क्लिन व्यान्डिटलाई काठमाडौंको भ्रमण गराउने पनि कम्पनीले बताएको छ ।
क्लिन व्यान्डिटका सदस्य ज्याक प्याटेरसन्ले नेपाल भ्रमणबारे भने, ‘स्थानीय संगीत र संस्कृतिबारे नयाँ कुराहरू सिक्नका लागि काठमाडौंको विभिन्न ठाउँ घुम्नेछौं ।’

