eNepal

खै! किन किन तिम्रो आश पनि मरि सक्यो

मनोज पौड्याल

मेल्बोर्नको कढ्याङ्ग्रीदो चिसोलाई बिट मार्दै
लागे नेपाल त्यो पनि नयाँ नेपाल हेर्न भौतारिदै
सधै उडेको मान्छे लागे डुङ्गा खियाई
फरक यात्रा फरक शोच अनि फरक शैली

मन एउटै लवाई खवाई एउटै गन्तव्य एउटै
नदीका किनारका अडिएका बिकर्षीत देश नियाल्दै
भव्य महल अनि सभ्य सँस्कृतीलाई आत्मसाथ गर्दै
कहिले चट्टानी पर्वतलाई अङ्कमाल गर्दै
कहिले कसरी बिकास हुन्छन् के भन्दै, दिमाग खियाउँदै

थाहा छैन धेरै खियाएर होला हात रन्केछ
यसो बिट मारौ न भनेर भुसुक्क भाको मैयाँको काख पो परेछ
झ्वाट्ट माफी मागे भन्दै आई एम सरि
मैया नि के कम झन मस्तसँग अङ्कमाल गरी

पुगेछु म सुन्दर शान्त देस नेपाल
जता ततै देखे बेहाल नै बेहाल
आमाले सोधीन् कसरी आईस छोरा
त्यागे पिआर फर्केर आएँ बोकी झोला
सोधीन फेरी के खान्छस छोरा रोटी कि फुलौरा
भात पकाउने ग्याँस नपाएर तेरा बाउ गाका छन् खोज्न दाउरा

पुनः शोधे खै त आमा त्यो ग्याँसको पाईप
भन्छिन आमा न आयो पाईप न तैले पो के ल्याईस
हल्ला सुनेथे बिदेशमा देश बन्यो भनेर
त्यसैले सबथोक छाडी आए मातृभुमीलाई सम्झेर
खैरेको मुखमा पिआरको बाघे झाप्पु लाएर
सिगात्सेको रेलमा आमालाई घुमाम् कि भनेर

हाँस्न थालीन आमा खित्का मारी मारी
प्रश्न गरे के भो तिमीलाई मेरी प्राण प्यारी
जो बोल्दानी हाँस्ने परेछ बिचराको बानी
प्रधानमन्त्रीको उखान र तुक्काले बनाएछ सार्है हैरानी

लौ न के भाको रनभुल्लमा म पो परे
खोक्रा भासणले जनताजति सब भोक भोकै मरे
न छ ओड्ने मन्डी न छ छाउने छानो
कस्तो बिडम्बना लाचार भएर हाँस्न पर्ने परिन्जेल पेटमा गानो

ढलेको धरहरा वनाउन एक रुपयाँ भिख माग्छौ
पानी जहाज ल्याएर व्यापार गर्ने सपना बाँडछौ
जन्मेर थाहा पाए देखी सुनेको मैले मेलम्ची
न बाउले पिउन पाए न मैले पिए
भोली छोरीले देखाउँछे तिम्लाई माझे औंली

नबस कुर्सीमा बकम्फुसे गफ ठोकी
बरु जाउ धर्मुस र सुन्तलीसँग डोको बोकी
झुटो आश र भोको पेटमा कति हाँस्ने खोक्रो आश्वासन सुनी
गरेका के छन् नेताले भाषण बाहेक केही कड्केर भन्न हुनी

भावनामा नबग साथी बन्दैन देश यति सजिलै
भन्दा सार्है मिठा हुन्छन् व्यवहारमा हुन्छन् बिरलै
जिल्ल नपर्नु तिमी भोली तुहीए भने तिम्रा सपना
यस्ता बकम्फुसे आश्वासनले कदापी देश बन्दैन जनता

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal