eNepal

पोखरामा ईन्जोय जोन बन्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केही महिना अघि पोखरामा ‘रेडलाइट’ एरियाबारे बोलेपछि निकै आलोचना भयो । रेडलाइट एरिया जस्तै ‘इन्जोय जोन’ बनाउने तयारी प्रदेश सरकारले थालेको पर्यटनमन्त्री विकास लम्सालले सार्वजनिक कार्यक्रममा बताएपछि यसबारे फेरि बहस सुरु भएको छ। 

विश्वका ठुला पर्यटकीय शहरहरुमा पनि पर्यटकलाई लक्षित गरी ‘इन्जोय जोन’ बनाइएको बताउँदै मन्त्री लम्सालले पोखरा पनि पर्यटनको हब भएकाले यहाँ पनि त्यस्तो अभ्यास गर्न सकिने बताएका हुन्   

के-के हुन्छ इन्जोय जोनमा ?

बैंकक र हङकङ लगायतका पर्यटकीय शहरहरुमा ‘इन्जोय जोन’ बनाइएको छ । यसमा पर्यटकहरुले आफूलाई मन लागेको गतिविधि गर्न पाउँछन् । यौनजन्य क्रियाकलाप, डान्स पार्टीदेखि अन्य मनोरञ्जनात्मक क्रियाकलाप यस जोनमा हुन्छन् । ‘इन्जोय जोन’ मा हुने होटल रेस्टुराँहरुले पर्यटकको माग पुरा गर्नेछन् । 

‘इन्जोय जोन’ मा पर्यटकहरुले २४ सै घण्टा मनोरञ्जनका साथसाथै अन्य सेवा पाउँछन् । मन्त्री लम्सालका अनुसार ‘इन्जोय जोन’ आउने पर्यटकहरुले नेपाली कलासंस्कृतिलाई पनि बुझ्न पाउने सुविधा हुनेछ ।  

‘इन्जोय जोन’ घोषणापछि त्यस क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा सरकारले कुनै हस्तक्षेप नगर्ने मन्त्री लम्साल बताउँछन् । तर, त्यस क्षेत्रको सम्पूर्ण सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने उनको भनाइ छ । 

यसै वर्ष डिपीआर, जिम्मा निजी क्षेत्रलाई

चालू आर्थिक वर्षमै डिपीआर तयार गरी आगामी आर्थिक वर्षमा ‘इन्जोय जोन’ निर्माण अघि बढ्ने मन्त्री लम्साल बताउँछन् । ‘इन्जोय जोनको लागि उपयुक्त ठाउँ छनोट हुँदैछ,’ मन्त्री लम्सालले भने, ‘यसै वर्ष डिपीआर तयार हुन्छ । यो सञ्चालनको जिम्मा भने निजी क्षेत्रलाई दिइनेछ ।’ 

डीपीआरका लागि नौ करोड रुपैयाँ बिनियोजन भएको छ । ‘इन्जोय जोन’ का लागि मन्त्री लम्सालले नै निजी क्षेत्रका केही व्यवसायीहरुलाई आश्वासन दिइसकेको स्रोतको दाबी छ । तर, निजी क्षेत्रका व्यवसायीहरुले ‘इन्जोय जोन’ का लागि हिमाल देखिने, तालको नजिकको शान्त ठाउँ हुनुपर्ने शर्त राखेको बताइन्छ । 

त्यसका लागि प्रदेश सरकारले पोखराको खपौँदी क्षेत्रलाई मुख्य प्राथमितामा राखेको मन्त्री लम्साल बताउँछन् । गण्डकी सरकारले एक वर्षमै ‘इन्जोय जोन’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

साभारः थाहाखबर

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal