eNepal

भाँडा माझ्नु नराम्रो होईन तर सँधै भाँडा माजेर बस्नु चाँही मुर्खता हो-सन्दर्भ अस्ट्रेलीयाको

सुरज घरको कान्छो छोरो। बार्ह सकेर बिदेश हानियो। घरमा दङ्गाएर खाएको, ढलेको सिन्को नउठाएको अनि खाएको थाल समेत खाएकै ठाउँमा छोडेर हिड्ने बानी परेको सुरजले अस्ट्रेलीया भने पछि के के न हुन्छ, पैसो त सोरिन्छ अनि गजबको धमास दिएर बसिन्छ भन्ने सोच्यो। नसोचोस् पनि किन। सँगै हानीएका साथीहरुसँगको च्याट, हाउभाउ देख्दा नि हो कि क्या हो जस्तो हुनु स्वाभाबीकै हो। 

आउँदा जती ठुलो सपना बुनेर आईएको हुन्छ भोगे पछि उ आफै ब्यबहारमा फस्दै जान्छ। समयले आफै परिपक्क बनाउँछ। जिवनसँग सम्झौता गर्न सिकीन्छ। के सही र गलत सिक्ने अवसर बिदेशले दिन्छ। 

खातामा पैसा सकिदै गए पछि मन पोल्न थाल्छ, कोठाको भाडा तिर्ने बेला आए पछि काम गर्न त्यसै जोश आउँछ। कलेजको फी तिर्ने बेला दिन न रात त्यस्तै परे डबल सिफ्ट गर्न पनि परिस्थितीले सिकाउँछ। 

सुरजको कुरा गर्दा आएको दुई महिना सम्म पनि काम कतै पाएन। बजारका रेस्टूरेन्ट र क्याफे टहार्दा टहार्दै कुनै बाँकी भएनन्। जसो तसो साथीभाईहरुलाई भन्दा भन्दा सिड्नी रोडको एउटा रेस्टुरेन्टमा काम पायो। काम सजिलो पक्कै थिएन। भाँडा हान्न पर्थ्यो। कहिले काँही त यति भाँडा हान्थ्यो कि उस्त परे गाउँको एक बिहेनै उम्किन्थ्यो भन्दै ठट्टा गर्थ्यो। 

कामकै शिलशिलामा बिस्तारै ल्याडर सेक्सन तिर आयो। सेफ मज्जाको भएर बिस्तारै पकाउन सिक्न थाल्यो। काम गर्न लाज मान्नेहरु नेपालबाट पैसा मगाएर बसेका साथीहरुलाई सम्झदै भन्दै थियो काम गर्नलाई के को लाज। काम भनेको सानो र ठुलो नहुने रहेछ। हामी नेपालीको सोच मात्र गलत रहेछ। भाँडा हान्ने भनेर होच्याउने मैले मेरै आफ्नै समाजमा मात्र देखे। बिदेशीले कति सम्मानका साथ हेर्ने रहेछन्। काम भनेको काम हो भनेर काम सके पछि साहु सेफ सबै सगै बसेर खाने रमाईलो गर्ने कति राम्रो बानी। 

सुरजले भाँडानै माजेर कलेजको फी तिर्थ्यो। केही पैसा घर पठाउँ थियो। भाँडा माझ्दा माझ्दै रेस्टुरेन्टको सेफले काम छोड्यो। उसले लगभग सबै परिकारहरु बनाउन जानी सकेको थियो। साहुलाई अब नयाँ मान्छे को ल्याउने झण्झट भएको बेला ठिक्क उसको पढाई सकिने तर्खरमा थियो। उसले फुलटाई काम गर्न मिल्ने भई सकेको थियो। साहुले पनि सुरजको कामबाट प्रभावित भएको र सेफले छोड्ने भएपछि हेड सेफको रुपमा सुरजलाई राख्यो। आज उ हेडसेफ भएर मज्जाले बसेको छ। कुकरीबाट पिआर लियो। नेपाल गएर आफ्नो तिन बर्ष देखीको मायाँलाई सार्थक बनाउँदै बिवाह गर्हो।अप्फिल्डमा घर किन्यो। अहिले एक छोरीको साथमा काम घर परिवारको तालमेल मिलाएर बिन्दासको साथमा बसेको छ। 

सुरज भन्छन् काम भनेको काम हो। कामको सम्मान गर्न सिक्नु पर्छ। होच्याउने जिस्काउने खिल्ली उडाउने हाम्रै दाजुभाई हुन्। भाँडा माँझ्नु नराम्रो पक्कै होईन तर सँधै भाँडा माजेर बस्नु चाँही मुर्खता हो। 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal