eNepal

एनआरएन अमेरिकाको चुनाव रोक्न माग गर्दै मुद्दा

आगामी मे १८ र १९ मा तय भएको एनआरएन अमेरिकाको चुनाव स्थगित गर्न माग गर्दै अदालतमा मुद्दा दायर भएको छ । 

बाल्टिमोर निवासी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको पूर्व उपाध्यक्ष रविना थापा तथा व्यवसायी तथा समाजसेवी नारायण थापाले अमेरिकाको टेनेसी राज्यमा मुद्धा दायर गरेका हुन् । 

उनीहरुले निर्वाचन समितिका प्रमुख बिश्व बराललाई अयोग्य ठहर गर्न पनि माग गरेका छन् । मुद्धाको सुनुवाई मे १३ मा हुने छ ।

चुनावमा बिश्व बराल, भुवन गुरुङ,अन्जन श्रेष्ठ ,गौरी जोशी र अध्यक्ष केशव पौडेल लगायत सन् २०१७ का निर्वाचन समितिका प्रमुखलाई प्रतिवादी बनाइएको छ । 

एनआरएनको चुनाव रोक्नु पर्ने ,एनआरएन अमेरिकाको साधारण सभा ३० दिन भित्र बोलाउनु पर्ने र नयाँ निर्वाचन प्रमुख नियुक्त गरेर मात्र निर्वाचन गराउन आदेश दिन समेत माग गरिएको छ । 

आसन्न निर्वाचनको लागि उम्मेदारहरुका  प्रचार प्रसारमा लागिपरेको बेला अदालतमा मुद्दा दायर भएको हो । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal