eNepal

खुलामञ्चमा बनाइएका सटरहरुमाथि महानगरको डोजर चल्यो

रत्नपार्कस्थित खुलामञ्चमा अवैधानिक रुपमा निर्माण गरिएका सटरहरु भत्काउन महानगरले डोजर परिचालन गरेको छ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्र्रभा खड्गीलेसटरहरु भत्काउन डोजर परिचालन गरिसकेको जनाउनु भएको छ ।

व्यापारीले खुलामञ्च अतिक्रमण गरेपछि काठमाण्डौबासीले वैशाख १२ गतेका दिन विरोध प्रदर्शन  गरेका थिए । त्यसपछि महानगरपालिकाले त्यसको छानबिन गरी पसलहरु हटाइने बताएको थियो । 

निर्माणाधीन काठमाण्डौ भ्यू टावरको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौताविपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका थिए ।  यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शन गरेका थिए ।

जलेश्वर निर्माण कम्पनीले ४० वटा सटर निर्माण गरेर बेच्न लागिसक्दासम्म पनि महानगरपालिकाले देखेन वा देखेर पनि नदेखेको जस्तो गर्याे भन्ने आशंका उब्जिएको थियो । 

थाहा पाइसकेपछि पनि निर्माण गरिएका संरचनालाई तत्कालै भत्काउनमा किन ढिला भइरहेको भन्दै आम मानिसले महानगरपालिको व्यापक विरोध गरेपछि शनिबारकै दिन भए पनि अन्ततः महानगरले अवैधानिक रुपले बनाइएका सटरहरुमाथि डोजर चलाउन सुरु गरेको छ   

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal