eNepal

सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न आग्रह

प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत जथाभावी अशिष्ट र भ्रामक सामग्री पोष्ट नगर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीहरूलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सवै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरूमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

अशिष्ट, असभ्य भाषामा कुनै व्यक्ति, संघ–संस्थाबारे आधार, प्रमाणबिनाका तथ्यहीन सामग्री पोष्ट गर्दा बिद्युतीय कारोबार ऐन–२०६३ आकर्षित भई सोहीअनुसार कारबाही हुने व्यवस्था रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न सञ्चारकर्मीलाई भनेको छ ।

सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपालीहरू स्वदेश फिर्ता (डिपोर्ट) हुनसक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेकाले सो कुरालाई ध्यानमा राख्न प्रेस काउन्सिलले सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरेको छ ।

काउन्सिलले विद्युतीय सञ्चार माध्यम स्वअनुगमनलाई प्रविधियुक्त बनाई नियमितरूपमा आफ्नो कर्तव्य पालन गर्दै आएको छ भने छापा माध्यमलाई समेत विद्युतीय प्रविधिमा लैजाने तयारी भैरहेको सहप्रशासकीय अधिकृत खनालले बताउनुभयो ।

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal