eNepal

कति तान्छौ हो खुट्टा? भो थाक्यौ होला

भन्छौ नि हामी अनि हाम्रो समाज।समाज भित्रका हामी सबै एक।एउटालाई पर्दा अर्कोले सहयोग र सद्भाब गर्नु पर्छ भनेर खुब ठुला स्वरमा लेख्छौ फेसबुकमा अनि बोल्न परिहाल्यो भने पनि प्वाक्क बोल्छौ।हैट हामी छौ नि परेको सहयोग गर्ने। जति मजाले चिल्लो घसेर बोले पनि ब्यवहार कत्ति पनि देखीन्न।के का लागि हुन यी समाज अनि सँघ र सँस्था।एउटा नेपालीलाई अर्कोले सहयोग गर्दैन भने, एउटा नेपालीले अर्को नेपालीका कार्यक्रममा सहभागीता जनाउँदैन भने। के र कस्को लागि यी बगरेल्ती सँघ र सँस्था।

“एक चोटी सोच्नु होस त जाबो १०००० नेपालीहरु बसोबास गर्ने तपाईको शहरमा एकले अर्काको खुट्टा तान्छम् हामी,हामी नै खोल्छौ ५० भन्दा बडि समाज”

खुब गफ र फुटानी लाईन्छ देश बनेन।पाटीहरु धेरै भए।नेता जति सब फटाहा भए, कमेडीयन भए, गफाडी भए आदि ईत्यादी।सबैलाई मान र पद चाहिएको छ, देशको भलो सोच्ने कोही भएन भन्दै दोष थुपार्नमा एकदम माहिर हामी।एक चोटी सोच्नु होस त जाबो १०००० नेपालीहरु बसोबास गर्ने तपाईको शहरमा एकले अर्काको खुट्टा तान्छम् हामी,हामी नै खोल्छौ ५० भन्दा बडि समाज।अनि पदको लागि लडाई झगडा गर्न समेत पछि पर्दैनौ भने के किन कसका लागि गाली गर्छौ। अरे बा त्यो त सिङ्गो देश हो नि।



“कसैको कार्यक्रम हुँदैछ भने कसरि हुन्छ त्यसको कार्यक्रम फ्लप होस हामी त्यता तिर जान्छौ तर अरु कुनै समर्थन नभएपनि नैतीक समर्थनको लागि जाँदैनौ”

यहाँ प्रस्ट के पार्छु भने म कसैको पक्ष वा बिपक्षमा भएर लेखेको छैन।यो मेरो व्यक्तिगत बिचार हो जो आज हजुरहरुलाई बाँड्ने जमर्को गरेको छु।कसैको कार्यक्रम हुँदैछ भने कसरि हुन्छ त्यसको कार्यक्रम फ्लप होस हामी त्यता तिर जान्छौ तर अरु कुनै समर्थन नभएपनि नैतीक समर्थनको लागि जाँदैनौ। फेसबुकका भित्ता बढो रमाईलो ढङ्गसँग पोत्छौं, सहयोग र समर्थन गरेको जस्तो समाजलाई देखाउँछौ पनि। अनि बाहिरबाट के, कस्तो भयो। त्यहाँका राम्रा पक्ष भन्दा नराम्रा पक्ष के के थिए। सुन्न अनि औल्याउनमा आतुर हुन्छौ।केही खोट पायो भने बरु त्यसलाई ठुलो समस्या बनाएर महाभारत बुन्छौ।

“सबै ब्यबसायमा एन्टी छन्। बाहीर मिल्या जस्तो भित्र काखी बजाउने”



हामी भन्छौ सबै नेपाली एक हौ तर प्यानलमा बिभाजीत हुन्छौ।त्यसको कार्यक्रममा त पाईलानै नटक्ने हो, पानी बाराबार गरे जस्तो। यो किन?हरेक ठाउँमा त्यस्तो किन?यहाँ सबैको आफ्नै रेस्टुरेन्ट र क्याफे छ।उसलाई तेही रेस्टुरेन्टमा जान पर्छ अर्को रेस्टुरेन्ट एन्टीको भयो रे। त्यस्तै ईभेन्टपनि कहाँ अछुतो छ र। कसले गरेको, ए के जानु र त्यो त हाम्रो एन्टी पो त। कस्को ट्राभल, ए तेसले खोलेको।तैट बरु म पुरै मिलाई दिन्छु।त्यहाँ त जादै नजानु, मेरो एन्टी हो।किन गर्न पर्यो त्यो कन्सल्टेन्सीबाट, मेरोबाट गर्नु होस।म धेरै चार्ज गर्दिन बरु किनकी त्यो मेरो एन्टी हो। सबै ब्यबसायमा एन्टी छन्। बाहीर मिल्या जस्तो भित्र काखी बजाउने।

“ठुला भनौदाले तेही कार्यक्रम भिआईपी $१०० टिकट भनेको भए बरु ठाँटीएर पुगिन्थ्यो होला आफ्नो समाजमा रहेको खोक्रो प्रेस्टीज जोगाउन भए पनि”

सानो समाज तर फोहोरी खेलबाट ग्रसीत छ यो समाज।एउटा भर्खर केही गरौं भनेर आफ्नो गोजीको पैसा हालेर हल बुक गरेर फ्रिमा समाजको लागि केही गर्छौ, आउनुहोस नाँचौ जुम्बा भनेर बोलाईएको कार्यक्रममा जम्मा २० जनाको उपस्थिती नहुनुले के बताउँछ भने यहाँ पनि बर्गीय बिभाजन भएको छ। ठुला भनौदाले तेही कार्यक्रम भिआईपी $१०० टिकट भनेको भए बरु ठाँटीएर पुगिन्थ्यो होला आफ्नो समाजमा रहेको खोक्रो प्रेस्टीज जोगाउन भए पनि तर कलिला भाई बहिनी जो बिधार्थी जिवनमा नै छन् र कामबाट आएको पैसा उठाएर हल बुक गरेर बोलाउँदा समेत आउन्नन् किन कि फुच्चा फुच्चीले गरेको काम ईज्जत जान पनि सक्छ।बरु नानाभातीका कुरा गरेर हतोत्सायी बनाउँछौ,हौसल्ला बढाउनको साटो। यहि हो हाम्रो बिडम्बना अनि भेदभाव पुर्ण समाज।

“उ आफु भन्दा अलिक बाठो र जान्ने छ।मेरो ठाउँ लिन सक्छ।त्यसैले बरु छैन भन्यो काम तमाम”

जाबो हामी त यो शहरमा बसेकाहरु त एक ले अर्काको खुट्टा तान्न मै ब्यस्त छौ अनि सोच्नु होस त नेपाल कसरि बन्छ।एउटा १०००० भएको समाजमा त यस्तो हबीगत छ। ३ करोड जनता, १००० भन्दा बढि पाटी, समाज, सँघ,क्लब त कति कति अनि कसरि बन्छ त देश।
एउटालाई काममा लाईदिन पर्यो। तिमीले गरेको ठाउँमा मिल्छ भने लाई दिनु न।के प्रतिकृया आउँछ थाहा छ। हाम्रोमा त मिल्दैन।किन मिल्दैन भनेको थाहा छ। उ आफु भन्दा अलिक बाठो र जान्ने छ।मेरो ठाउँ लिन सक्छ।त्यसैले बरु छैन भन्यो काम तमाम।यहाँ यसरी एकले अर्कालाई माथी जान दिन्नन्।किनकि कोही पनि आफु भन्दै माथी बढेको हामी हेर्न सक्दैनौ।यो हाम्रो सभ्यता अनि पहिचान बनि सक्यो।बस् यत्ती।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal