जिन्दगीको गोरेटोमा पाईला चाल्न पर्दो रहेछ
दु:ख लुकाई मुहारमा खुसी ल्याउन पर्दो रहेछ
गर्दैन रहेछन् कसैले कसैको मतलव त्यसैले
संघर्सशिल जिवनमा अघि बड्न सिक्नु पर्दो रहेछ
छैनन् खुसी कोही पनि सवैलाई आफ्नै व्यथा
लुकेको हुन्छ सबैको मनमा एउटा अनौथो कथा
देखावटी हाँसोसँगै जिवन बिताउन पर्दो रहेछ
कठिन परिक्षाको चुनौती दिदै लड्नु पर्दो रहेछ
यो अन्धकार संसारमा दिप जलाउन पर्दो रहेछ
त्यो दिपको प्रकाशसँगै जिवन उज्यालो बनाउन पर्दो रहेछ
कसले कसलाई चिनेको हुन्छ हजुर यहाँ
आखिरी नचिनेकोलाई पनि साईनो गाँस्न पर्दो रहेछ
आफ्नो पीर आफैसँग झन् अरुकोपनि गर्नु पर्दो रहेछ
कसले के भन्ला भन्ने डरसँग हिड्न पर्दो रहेछ
जानै पर्ने हो सबैले तेही कहाली लाग्दो चितामा
त्यसैले घमण्ड त्यागी यो संसारमा बाँच्न सिक्न पर्दो रहेछ
मनिसा बाँस्तोला

