eNepal

ट्रम्पलाई भेट्न जाँदा किमको साथमा ट्वाइलेट

डर सबैलाई लाग्छ, तर उत्तर कोरियाका तानाशाही नेता किम जोङ–उनलाई जस्तो कसैलाई लाग्दैन होला । परमाणु हतियारको बलमा पूरै विश्वलाई डरमा बाँच्न बाध्य पार्दै आएका किम आफै निकै डराउँछन् ।

प्रमाण मंगलबार सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका लागि उनले अपनाएको सावधानी पनि बनेको छ । यो वार्ताका लागि सिंगापुर गएका बेला किमको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको थियो ।

सुरक्षाकै कारण किम आफ्नो व्यक्तिगत ट्वाइलेटमा मात्रै दिसा पिसाब गर्छन् । त्यसका लागि विशेषखालको ट्वाइलेट बनाइएको छ र त्यो किम जहाँ जान्छन् त्यहिँ लगिन्छ । ट्रम्पसँगको वार्ताका लागि किम सिंगापुर गएका बेला पनि त्यो ट्वाइलेट लगिएको थियो ।

किन ट्वाइलेट लिएर हिँड्छन् किम ?

किमले जहाँ पनि ट्वाइलेट लिएर जाने बानीको खुलासा उत्तर कोरियाको गार्ड कमाण्ड युनिटका एक पूर्व अधिकारीले गरेका हुन् । उनी अहिले दक्षिण कोरियामा बस्दै आएका छन् ।

सम्झौतामा हस्ताक्षर गर्दै ट्रम्प र किम । तस्बिर : रोयटर्स

पूर्व अधिकारी ली युनले वासिङ्टन पोस्टसँग भनेका थिए कि, ‘आफ्नो दिसा पिसाबको नमुना लगेर आफ्नो स्वास्थ्यका बारेमा जानकारी हाँसिल गर्न सक्ने भएकाले किमले ट्वाइलेट सँगै लिएर हिँड्छन् ।’

आफ्नो दिसा पिसाब अरुले भेटेमा हत्याको योजना बनाउन सक्ने किममा भय छ । उनी आफ्नो कुनै पनि जानकारी अरुले थाहा नपाउन् भन्ने चाहन्छन् ।

सुरक्षाका लागि उत्तर कोरियाबाट तीनवटा विमान सिंगापुर गए । कुन विमानमा किम छन् भन्ने कुरा खुलाइएको थिएन । चीनको सांघाई हुँदै किम सिंगापुर गएनन्, किनकी यो समुद्रको माथि पर्छ । त्यसैले उनी चीनको बेइजिङ्ग हुँदै सिंगापुर पुगेका थिए ।

यो रुट सांघाई भन्दा १० घण्टा लामो थियो । सामान्यतया अरु मानिसहरु कोहीसँग वार्ता वा भेटका लागि जाँदा उपहार लिएर जान्छन् । तर किम भने आफ्नो कमोड (ट्वाइलेट) लिएर हिँड्छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal