eNepal

युवा नर्सले थाले नेपालमा पनि ‘नर्सिङ नाउ’ क्याम्पेनिङ

इन्टरनेशनल काउन्सिल अफ नर्सेस र विश्व स्वास्थ्य संगठन सहकार्यमा भइरहेको तीन वर्षे क्यापेनिङ ‘नर्सिङ नाउ’ नेपालका युवा नर्सले पनि थालेका छन् ।  विश्वव्यापी रुपमा २७ फेब्रुअरी २०१८ मा सुरु गरिएको उक्त क्याम्पेनिङ नेपालमा भने जुन २ बाट थालिएको हो।

नेपालमा नर्सहरुले विभिन्न ठाउँ पुगेर स्वास्थ्य जाँच गर्दै यो अभियानको थालनी गरेका हुन् । यसपछि विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको नेपाली युवा नर्सहरुले बताएका छन्।

नेपालमा दिया भण्डारी, नितु खड्का, शान्ता थापा, अम्बिका बस्नेतलगायतका नर्स यो क्याम्पेनिङमा सक्रिय रुपमा सहभागी छन्।

नर्सहरु स्वास्थ्य उपचारको समूहका मुटु हुन् र स्वास्थ्य उपचार र चेतनामा उनीहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरालाई महशुस गर्दै क्याम्पेनिङ थालिएको हो।

यो अभियान थाल्नुको उद्देश्य विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रको सुधार, नर्सहरुको शशक्तिकरण र लैंगिक समानता (किनभने अहिले पनि महिला नर्स धेरै छन्) र बलियो आर्थिक विकास रहेका छन्।

यो सन् २०२० सम्म चल्नेछ । चर्चित नर्स फ्लोरेन्स नाइटिंगलको २०० जन्मजयन्तीमा क्याम्पेनिङ सकिएको घोषणा  हुनेछ । नाइटिंगलको उक्त जन्मजयन्ती विश्वभरका नर्सले विशेष रुपमा मनाउने लक्ष्य लिएका छन्।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal