eNepal

टेक्सासमा डुबेर एक नेपाली युवकको मृत्यु

संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ ।चार वर्षअघि विद्यार्थी भिसामा अमेरिका आएका काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक ढकालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी साथीहरुसँग नियमित रुपमा तालमा जाने गर्थे । उनका साथीहरुका अनुसार विवेक राम्रो पौडीबाज थिए, तर उनले त्यो दिन एक क्यान बियर पिएका थिए ।चारवर्ष अगाडि अमेरिका आएका विवेक यसैवर्ष घर जाने तरखरमा थिए तर कसैले पनि नचिताएको कुरा भयो ।उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए । तर, अहिले उनको शव कसरी नेपाल लैजाने भन्ने चिन्ता रहेको साथीहरुले बताएका छन् ।

टेक्सासस्थित नेपाली समाजका प्रयास बास्तोलाका अनुसार विवेकको परिवारले उनको शव नेपालमै दाहसंस्कार गर्न चाहेका छन् तर त्यसको लागि खर्च अभाव भएको छ ।समाजले विवेकका आठजना साथीहरुसँग मिलेर उनको शव नेपाल लैजाने व्यवस्था गर्न पैसा उठाउन लागेको जनाएको छ । त्यसको लागि क्राउड फण्डिङमार्फत रकम संकलन गर्न गो फण्ड मीमा अभियान सुरु गरिएको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal