eNepal

साइबर क्राइम’को आरोपमा शिक्षण अस्पतालकी रेसिडेन्ट डाक्टर पक्राउ

फेसबुकमार्फत एक युवकलाई यातना दिएको आरोपमा त्रिवि शिक्षण अस्पताल विशेषज्ञता हासिल गरिरहेकी एक डाक्टर पक्राउ परेकी छिन्। डा अस्मिता अधिकारी नामकी ती डाक्टरलार्इ ती युवकले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको साइबर सेलले उनलाई पक्राउ गरेको हो।

उनीमाथि नक्कली फेसबुक आइडीहरु बनाउँदै अष्ट्रेलियामा रहेका एक नेपाली युवकविरुद्ध अश्लिल कुराहरु लेखेर चरित्रहत्या गर्ने गरेको आरो लागेको प्रहरीले जनाएको छ।

उनले युवकलार्इ मात्रै नभइ उनीहरुका आफन्तलार्इ समेत फेसबुकमा अश्लिल म्यासेज पठाउने गरेको देखिएको प्रहरीले जनाएको छ।

मंगलबार पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान अघि बढाएको छ। थप छलफलका लागि दुवै पक्षलाई बुधबार पनि बोलाइएको अपराध महाशाखाका एक अधिकारीले बताए।

पक्राउ परेपछि डा अधिकारीले उक्त अपराध स्वीकार गरेको बुझिएको छ।

आफन्तले प्रहरीलार्इ पठाएको फेसबुक म्यासेजमा अष्ट्रेलियामै रहेकी एक नर्ससँग ती युवकको ‘सम्बन्ध’ रहेको भन्दै गालीगलोज गरिएको छ। गाली गर्ने क्रममा ती नर्स आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको समेत दाबी गरिएको छ। डा अधिकारी पनि महिला र ती नर्स पनि महिला भएकाले प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ।

पीडित परिवारले  भने आफूलार्इ केही महिनादेखि विभिन्न अपरिचित आइडीबाट अश्लिल म्यासेज पठाएर यातना दिएको भन्दै उनलाई साइबर क्राइम अपराधमा कडा कारबाही गर्न माग गरेको छ।

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal