eNepal

घरायसी झगडामा वृद्धि, विवाह नगरी सँगै बस्ने पनि हिंसामा

महानगरीय प्रहरी परिसर ललितपुरमा साउनदेखि यता मात्रै १४३ घरायसी झगडाका मुद्दा दर्ता भएका छन् । 

महिला तथा बालबालिका सेवा केन्द्रमा महिला हिंसाका विभिन्न घटना आइरहेका छन् । त्यसमा सबैभन्दा बढी घरेलु झगडाका घटना भएको केन्द्रका प्रमुख चञ्चला श्रेष्ठले बताउनुभयो । श्रीमान् र श्रीमतीबीच पारिवारिक र आर्थिक बेमेलका घटना बढी आउने गरेका छन् ।

धेरैजसो मध्यम र निम्न वर्ग तथा अशिक्षित व्यक्तिका मुद्दा प्रहरीसम्म आउँछ । उहाँ भन्नुहुन्छ, “सम्पन्न परिवारका कोही महिला पीडित नै भए पनि समाजले के सोच्ला भनेर डराएर आउँछन् ।” 

दशकौँदेखि प्रहरीसम्म उस्तै प्रकृतिका झगडा आउने गरेका छन् । श्रीमान्ले खान लाउन नदिएको, नागरिकता र सन्तानको जन्मदर्ता नगराएको र अर्की श्रीमती ल्याएका मुद्दा अझै बढी छन् । 

प्रविधिको प्रयोग र सामाजिक जीवनमा आएको परिवर्तनले गर्दा नयाँखालका घटनासमेत प्रहरीसम्म आउन थालेको छ । विवाह नगरी सँगै बस्ने तथा इन्टरनेट वा प्रविधिको प्रयोगमार्फत हुने हिंसाका घटना प्रहरीका लागि नयाँ हुन् ।

श्रेष्ठ भन्नुहुन्छ, “कतिपय अवस्थामा महिला आफ्ना श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै आउँछन् तर हामीले अनुसन्धान गर्दा विवाह नभई सँगै बसेका हुन्छन् ।” श्रीमान्–श्रीमतीको झगडामा पहिले श्रीमान् पीडक र श्रीमती पीडित हुन्थे । अहिले श्रीमतीबाट श्रीमान् पीडित भएका केही घटना प्रहरीसम्म आइरहेका छन् । 

साउनदेखि यता परिसरमा घरायसीबाहेक अरु झैझगडाका १४२ मुद्दा प्रहरीसम्म आएका छन् । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal