eNepal

आयो जग्गा दलाली र धरै सम्पत्तिहुनेको रुने दिन

राष्ट्र बैंकको गभर्नर हुँदै घरजग्गा व्यवसायी माथि कठोर नीति लिएका डा. युवराज खतिवडा अर्थमन्त्री भएपछि झन् कठोर भएका छन् । जग्गा प्लटिङ रोक्न खतिवडाले घरजग्गामाथि बजेटमार्फत् कठोर नीति अबलम्बन गर्न लागेको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् । त्यसैले भन्न मिल्छ आयो जग्गा दलाली र धरै सम्पत्तिहुनेको रुने दिन ! सरकारले परिवारका सद्स्य अनुसार घर जग्गा सिमा तोक्ने र सरकारलेनै परिवारको आकार अनुसार नागरिकलाई घर जग्गा उपलब्ध गराउने रणनिती लागु गर्‍यो भने हरेक नागरिकले आफ्नो जीवनकाल घर जग्गा जोड्न तिर खर्च नगरेर उत्पादनसिल कार्यमा लगाउथ्यो र देश चाडैनै बिकासित मुलुक तर्फ फड्को मार्न सक्थ्यो ।

घरजग्गा व्यवसायीहरुबाट हुने प्लटिङ रोक्ने खतिवडाको योजना छ । सामुहिक सहभागीता होस् भनेर अर्थमन्त्री खतिवडाले निश्चित मापदण्ड बनाएर बरु सहकारीलाई जग्गा प्लटिङ गर्न खुल्ला गर्नुपर्ने मनसा भएपनि निर्णय भने भइनसकेको बजेट निर्माणमा संलग्न अधिकारीहरुको भनाइ छ ।

अर्थमन्त्रीले सरकारले नै जग्गा प्लटिङ गरी बस्ती बसाउन सक्ने नीति अबलम्बन गर्नसक्ने अर्थका अधिकारीहरुको बताउँछन् । बजेटमार्फत नै सरकारले जग्गाको वर्गिकरण गर्ने तयारी गरिरहेको छ । यसरी सरकारले खेतीयोग्य वा औद्योगिक भनेर बर्गिकरण गरिएको जग्गा घडेरीका रुपमा बिक्री गर्न पाइने छैन । बजेटमार्फत सरकारले कुनै पनि जग्गा बर्षको १ वा २ पटकभन्दा बढि किनबेच गर्न नपाइने नीति लिँदैछ ।

त्यस्तै, घरजग्गाको कारोबार निरुत्साहित गर्नका लागि अर्थमन्त्रीले घरजग्गाको दर्ता शुल्क बढाउँदै छन् । अहिले जग्गा किनबेच गर्दा गर्दा रजिष्ट्रेशन शुल्क बढाउने भएको छ ।

त्यसैगरी, महानगरभित्रका जग्गाको सरकारी भ्यालुएसन पुनर्मूल्यांकन गर्ने र नगरपालिकाभित्र जग्गाको सरकारी भ्यालुएसन निर्धारण गर्ने भएको छ । नगरपालिकाभित्र पर्ने जग्गाको सरकारी मूल्य प्रतिरोपनी १ लाख रुपैयाँ बानउन लागिएको स्रोतले जानकारी दियो 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal