eNepal

विश्वकपका लागि नेइमार तयार हुँदै

ब्राजिलियन फुटबल स्टार नेइमार यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकप फुटबल सुरु हुनुभन्दा पहिले नै उनी फिट हुने आशा गरिएको छ । 

नेइमारले खुट्टाको हड्डी भाँच्चिएपछि फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेइनबाट पछिल्ला खेलहरु गुमाएका थिए ।

नेइमारले छिट्टै खेलमा फर्किन निकै मेहनत गरिरहेका छन् । फेब्रुअरीमा मार्सेलीविरुद्धको खेलमा चोटग्रस्त भएपछि त्यसयता नेइमार मैदानबाहिर छन् । 

यो हप्ता नेइमारको फिटनेसमा निकै सुधार आएको चिकित्सकहरु बताउँछन् । मेडिकल टेस्टको समयमा पनि नेइमारले दुवै खुट्टाले जम्प गरिरहेका तस्बिर सार्वजनिक भएका छन् । त्यस्तै उनले ट्रेडमिलमा एक्सरसाइज पनि गरिरहेका छन् । 

नेइमारले आफू फिट रहेको सन्देश आफ्ना प्रशंसकहरुलाई फोटो र भिडियोमार्फत जानकारी दिइरहेका छन् ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal