eNepal

गैरकानुनी रुपमा नेपाल पैसा पठाउने गरेको खुलासा, जापानबासी नेपालीलाई सचेत रहन आग्रह

इजिलिंक रेमिट्यान्सले टोकियोस्थित आसाकुसाबासीमा विशेष पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी केहि व्यक्ति विशेषहरुले अनाधिकृत रुपमा नेपाल पैसा पठाउने गरेको खुलासा गरेको छ ।

पत्रकार भेटघाटका क्रममा इजिलिंक रेमिट्यान्सका कार्यकारी निर्देशक (सिईयो) डिपी अर्यालले विविध माध्यम प्रयोग गरि जापानबाट नेपाल गैरकानुनी रुपमा पैसा पठाउने गरेको खुलासा गरेको हो । के कसरी र कुन कुन माध्यमबाट अनाधिकृत रुपमा पैसा नेपाल पठाउने गरिएको छ, त्यो भने उनले खुलाएनन् ।

जापान सरकारले विदेशीले जापानमा बसेर के कस्ता गतिविधि गरिरहेको छ भन्ने बारे अप्रत्यक्ष रुपमा निगरानी गरिरहेकोले सचेत रहेर आधिकारिक माध्यम प्रयोग गरि नेपालीहरुलाई आर्थिक कारोवार गर्न/गराउन पत्रकार मार्फत अनुरोध गरेका छन् ।

रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनेहरुले जापानमा कोहि पनि नेपालीहरु दु:ख नपाओस भन्नका लागि आफ्ना ग्राहक सेवाग्राहीहरुलाई बेला बेलामा सुचित गर्ने गर्ने गरेको सो क्रममा रेमिट्यान्सका सिईयो अर्यालले बताए ।

इजिलिंक रेमिट्यान्स कम्पनी सन् १९९९ मा नेपाल राष्ट्र वैंकमा दर्ता गरिएको पहिलो रेमिट्यान्स हो साथै विश्वको दोश्रो ठूलो मनिग्राम भित्र्याउने पनि इजिलिंक रहेको रेमिट्यान्सका सिईयो अर्यालले दावी गरे ।

इजिलिंकले २०१८ बाट हान्पास रेमिट्यान्सको नामबाट कोरियाबाट रेमिट्यान्स सुरु गरिएको सोहि पत्रकार भेटघाट कार्यक्रममा सिईयो अर्यालले बताए । अनाधिकृत रुपमा नेपाल पैसा पठाउनेलाई निरुत्साहित पार्दै आधिकारिक रुपमा रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउनका लागि प्रेरित गराउन सहयोगी भूमिका निर्वाह गर्न पत्रकारहरु समक्ष आग्रह गरे ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal