eNepal

एक बुढी आमाको कथा….

एक बुढी आमा सडकको किनारामा बसेर झोलामा केही सुन्तला अगाडी राखेर बेच्ने गर्छिन । सडकको किनारा हुँदै आवत जावत गर्ने मध्ये एक युबा ती बुढी आमासग सधैं सुन्तला किन्छ । एउटा निकाल्छ बोक्रा फाल्छ र एक केस्रा चाख्दै भन्छ, आमा तपाईंले बेच्नु भएको सुन्तला त्यति मीठो छैन । आमा अर्को केस्रा चाख्दै भन्छिन हैन बाबू सुन्तला त गुलिलो छ त । युवा जति पटक सुन्तला किन्छ बुढी आमालाइ तेहि भन्ने गर्छ । सुन्तला किन्दा युवकसँग उसकि श्रीमती पनि सगै हुने गर्छिन । श्रीमानले सधैं एउटै कुरामा ती बुढिआमालाइ किचकिच गरेकोमा उनलाई अचम्म लाग्छ । 

एक दिन घर पुगेर उनले श्रीमानलाइ  सोधिन तपाईं जहिल्यै सुन्तला किन्नुहुन्छ अनि बुढिआमासँग किचकिच शुरु गर्नुहुन्छ यो सुन्तला मिठो छैन भनेर । म पनि चाख्ने गर्छु सुन्तला सबै मीठो छन एक दाना पनि नमिठो छैन आखिर तपाईंले ती बुढिआमालाइ त्यसरी सताउनुको कारण चाहिँ के हो ? 

युवक  हास्दै जबाफ दिन्छ- मलाई थाहा छ सुन्तला मीठो छ ।  हेरन ती आमा यति गरिब हुनुहुन्छ कि सुन्तला बेच्नुहुन्छ तर कहिल्यै चाख्नुहुन्न होला र था छैन होला आफैले बेच्नु भएको सुन्तालाको स्वाद कस्तो हुन्छ भनेर । त्यही बहानामा त बोक्रा छिलेर मीठो नभएको बहानामा हरेक दिन एक दाना सुन्तला छोडेर आउछु ता कि आमालाई पनि थाहा होस सुन्तलाको स्वास कस्तो हुन्छ भनेर ।

बुढी आमाको नजिकै अर्कि आइमाई तरकारी बेच्छिन । उनले पनि त्यो युबाको मीठो छैन सुन्तला भनेर दिनहुँ गरेको किचकिच सुनि रहेकी हुन्छिन् एक दिन आमालाई सोध्छिन ।त्यो मान्छे सधै आउँछ अनि सुन्तला मीठो भएन भनेर किचकिच गर्छ तर त्यसैलाई चाहिँ तपाईं राम्रो सग तौलिएर अलि बढिनै गरेर सुन्तला दिनुहुन्छ ? बुढी आमा हाँस्दै जवाफ दिन्छिन ।मलाइ थाहा छ,  उ सुन्तला मिठो भएन भनेर किचकिच गर्दैन, उ मलाइ सुन्तला खुवाउन किचकिचको बहाना गर्छ  र त मलाइ सधै सुन्ताला छोडेर जान्छ । उस्ले सधैं किचकिच गरोस ताकी उस्को मायाको महशुस  गर्न सकु र अझै धेरै बाच्ने इच्छा जाग्न सकोस ।

भनिन्छ नि तेरो भाग भन्दा ज्यादा तेरो थालिमा भरोसा छ , जति दुख देउ भगवान मलाई तिम्रो भरोसा छ । छिनेर खानेको कहिल्यै पेट भरिन्न, बाडेर खाने भोकै मर्दैन । यदि यस्तो देखे जरुर मद्धत गरौ । यसलाइ त भनिन्छ असली जिन्दगी ।

साभार

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal