eNepal

वैदेशिक रोजगारमा जाने नेपालीको संख्या घट्यो

विदेशमा काम गर्न जाने नेपालीको संख्या घटेको छ।

२०७३ सालमा भन्दा २०७४ सालमा ३५ हजार ५ सय ४० जना कम नेपाली कामको लागि विदेश गएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

२०७४ सालमा ३ लाख ४२ हजार ४३ जना नेपाली म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार २०७३ सालमा ३ लाख ७७ हजार ५ सय ८३ जना संस्थागत स्वीकृति लिएर विदेशमा काम गर्न गएका थिए।

गएको ५ वर्षदेखि वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घटिरहेको छ।

खाडीका देशमा देखिएको समस्यापछि विकल्पमा नेपालीको रोजाइ मलेसिया बन्न थालेको छ। पछिल्लो समय खाडीका देश साउदी र कतारमा समस्या देखिएपछि ती देश जाने नेपालीको संख्या घटेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal