eNepal

भ्वाइस अफ नेपाल अब छिट्टै प्रसारण हुने

चर्चित रियलालिटी शो ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले अर्को सिंगिङ फ्रेन्चाइज शो ‘द भ्वाइस’ नेपाल भित्राउने भएका छन् ।

एपी वान टेलिभिजन मार्फत आइडलको फ्रेन्चाइज नेपाल भित्र्याएर ‘नेपाल आइडल’ सफलरूपमा निर्देशन गरेका उनले ‘भ्वाइस अफ नेपाल’ निर्देशन गर्न लागेका हुन् । ‘द भ्वाइस’लाई एनजी प्रालीले नेपाल भित्र्याएको हो । अडिशन खुलाइएपनि कुन टेलिभिजनबाट प्रशासण गर्ने भन्ने टुंगो लाग्न नसकेको पौडेलले बताए ।

‘कुन टिभीबाट प्रसारण गर्ने भन्ने टुंगो लागेको छैन । अहिले टेलिभिजनहरूसँग कुरा भइरहेको छ । यही साता टुंगो लाग्छ,’ उनले भने । ‘भ्वाइस अफ नेपाल’को टाइटल विजेताले २५ लाख नगद, कार, २० लाख बराबरको भिडियो एल्बम र वल्र्ड टुरको अवसर प्राप्त गर्ने निर्देशक पौडेलले जानकारी दिए । ‘द भ्वाइस’ २०१० मा नेदरल्याण्डमा सुरू भएको हो । यसको फ्रेन्चाइजी विश्वका १९१ मुलुकमा प्रसारण हुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal