eNepal

मलेसियामा एक नेपालीले इन्डोनेसियन प्रेमिकाको हत्या गरी शव दराजमा लुकाएर फरार

मलेसियामा एक नेपालीले इन्डोनेसियन महिलाको हत्या गरी फरार भएका छन् । मलेसियाको पेनाङ राज्यका सहायक प्रहरी प्रमुख अनवर उमरका अनुसार २७ वर्षिय सदिप गुरुङ इन्डोनेसियन महिलाको हत्या गरी शव दराजमा लुकाएर भागेका हुन् । सदिपको नेपालको ठेगाना भने नखुलेका उमरले बताउनुभएको छ ।

पेनाङमा काम गर्ने सदिप र ती महिलाबीच प्रेम सम्बन्ध भएको प्रहरीले जनाएको छ । तर हत्याको कारण भने खुलेको छैन । हत्या हुनुभन्दा दुई दिन अघिदेखि नै सदिप बिदा लिएर बसेका थिए । फरार रहेका उनको खोजी भइरहेको छ ।
साभार: न्युज२४

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal