eNepal

मर्ने कसैलाई रहर हुँदैन, मान्छे नमर्ने कुनै शहर हुँदैन: सन्दर्भ बिदेशमा हुने असामन्य मृत्यु

जन्मे पछिको मृत्यु साश्वत छ। यो सन्सारमा कोही पनि अजम्बरी हुँदैन। एक न एकदिन अवस्य पनि आफुले भोग गरेका बस्तुलाई छोडेर जानुनै छ तर अकल्पनिय मृत्युबरणले पक्कै पनि जो कोहीलाई सकस हुन्छ नै। जब सोच्दै नसोचेको अकल्पनिय मृत्युको समाचार एकाएक सुन्न पुगीन्छ त्यसले जो कोहीको मन रुन्छनै।
देशबाट टाडा परदेशमा भएको बेला भएको मृत्युबरणले झन् परिवार लगाएत सुन्ने जो कोहीलाई पनि सहिय हुँदैन। परिवारसँग छुट्टीएर रहदाको पिडा आफैमा पिडादाएक हुन्छ।

एउटा बिधार्थी पढ्न भनेर बिदेश जादैमा उसलाई मोज छ, रमाईलो छ भन्ने मानसिकता राख्नु कदापी हुँदैन। कतिपयले आफ्नो दुख पिरलाई आफै भित्र लुकाएर, गुम्साएर बाहिर हाँस्दै हिडेका पनि हु्न्छन्। बिधार्थी जिवन आफैमा गार्हो जिवन हो।

एउटा बिधार्थीले यदि नेपालमा ऋण तिर्न नपर्ने हो र यहि काम गरेको पैसाले आफु बसेको देशमै खर्च गर्ने हो भने उसलाई कुनै आपत पर्दैन। उसले घरको भाडा तिरेर खाएर केही रकम बचाउन पनि सक्छ। तर यस्तो स्थिती थोरैको मात्र हुन्छ। यस्तो स्थिती आउनलाई कि त आफ्नो घरको अर्थीक स्थिती सबल हुनै पर्यो। कलेजको फि सम्म घरबाट पठाई दिने हो भने बिधार्थीलाई खासै गार्हो नहुन सक्छ। धेरै बिधार्थीहरु आफ्नो घरको खर्चले आएका पक्कै हुँदैन।

सरसापट, बैक लोन, आफन्तसँगको ऋण खेपेर आएका हुन्छन् र आएको केही महिनामा त्यो ऋण चुक्ता गर्न पर्ने तनाब हुन्छ। एउटा मानसिकता के खराब छ भने हामी नेपालीमा- जो कोही पनि जव नेपालको अन्तरास्ट्रीय बिमानस्थलको ठुला बिमान चडेर उड्छन् उ पैसा कमाउन गएको हो भन्ने सोच राख्नु। गएको छोरो वा साथी वा भाईलाई कस्तो छ तलाई भनेर सोधिन्न बोरु काम पाईस कि पाईनस्, कति कमाउछस् हप्ताको अनि महिनाको। अनि फलानोले यत्ति कमायो त चाँहि के गर्दै छस्। धेरैले सोध्ने अक्सर प्रस्नहरु यिनै हुन्।

हामी पनि अरुलाई दोष थोपर्नमा माहिरनै छौ। आफ्नो स्वास्थको कुनै ख्याल नगरी काम गर्छौ। साधारण जोरो वा रुगा खोकी लाग्दा समेत बेवास्ता गर्छौ। ओच्छ्यान नपरीन्जेल सम्म काममा जोतीनै रहन्छौ। खानपिनमा कुनै ख्याल गर्दैनौ। मुख्य कुरा त हामी रक्सी पिउन थाले पछि आफ्नो स्वास्थ्यमा पर्ने असरलाई बिर्सन्छौ। यति सम्म कि जोस र होडबाजीमा तैले कति पिउने र मैले कति भनेर मर्दपन देखाउन लालायीत हुन्छौ।

रमाईलो त जिन्दगीको एउटा महत्वपुर्ण पाटो हो। जसरी बिदेशीहरु आफ्नो स्वास्थ्यको बारेमा अत्यन्त चिन्तीत हुन्छन्। हरेक त्रैमासीकमा आफ्नो स्वास्थ्यको जाँच गर्छन्। हामी पनि चिन्तीत हुन पर्ने देखिन्छ। बेला बेलामा जाँच गरेर आफ्नो शरिरको ईन्जिनको चेक जाँच गर्ने बानी बसाउन पर्छ। खानपिनमा बिशेष ध्यान दिन पर्छ। कामबाट थाकेर खाली पेटमा घर आएर सिधै फ्रिजबाट निकालेर चिसो बियर र रक्सी पिउने बानी धेरै युवाहरुको हुन्छ।

हुने हार दैव नटार। हुने कुरा भएरनै छाड्छ तर कम्सेकम बेलैमा सचेत भएर आफ्नो स्वास्थ्यको बारेमा सचेत हुनु आवस्यक छ। कामलाई मात्र प्रमुख कदापी नठानौ।काम पैसा भन्दा अगाडी आफ्नो स्वास्थ्यको ख्याल राखौ। मर्ने रहर कसैलाई हुँदैन मान्छे नमर्ने शहर हुँदैन तर समयमै आफु सचेत भईयो भने यस्ता अप्रीय घटना घट्नमा केही कमी आउँछ।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal