eNepal

एक बर्षको कलेज फी तिर्ने हैषीयत छैन भने नआउनु होस् है जटील बन्दैछ अस्ट्रेलीया

राम ब्याचलर अफ ईन्फोर्मेसन टेक्नोलोजी पढ्न अस्ट्रेलीया हानियो। उसलाई कलेजको फी के कति र कहिले तिर्न पर्ने केही मेसो भएन। उसलाई अस्ट्रेलीया छिर्ने भुत मात्र थियो। अस्ट्रेलीयाको महङ्गी कस्तो छ, कोठा भाडा कति तिर्न पर्छ, खाना र अन्य कुराहरु जस्तै यातायातमा कति खर्च लाग्छ केही अतोपत्तो थिएन। कन्सल्ट्यान्सीले यति पैसा लाग्छ भन्दा कलेजको फी कति लाग्ने, कहिले सम्मको अहिले तिर्न पर्ने, हेल्थ कभरमा कति पैसा लाग्यो, कन्सल्च्यान्सीले काम गरेबापत कति पैसा लियो, भिषा आवेदन हाल्दा कति पैसा बुझायो। अँह केहीको चासो नगरीकन खन्खन्ती बिस लाख सकियो भन्दै कुर्लीयो।

अव अस्ट्रेलीया आएर काम भन्ने बितीक्कै पाईएन। कलेज जान पर्यो चार दिन। शनिबार र आईतबार मात्र काम कसैले नदिने। नेपालबाट आउँदा ल्याएको २५०० डलर पनि घर भाडा र बोन्ड अनि म्याट्रेस र बेड, रासनको सामान, यातायातको टिकट, यसो कहिले काँही रमाईलोमा एक दुई महिनामै सकियो। रामलाई छ महिनामा सकिन्छ जस्तो लागेको समेस्टर १२ हप्तैमा भ्याईयो। साथीलाई चिनी नसक्दै सेमेस्टरको परिक्षा आउन लाग्यो। आसाईनमेन्ट बुझाउन पर्ने मिती नजिकै अनि परिक्षाको प्रेसरले उसले काम खोज्ने मौका पनि पाएन। बिभीन्न कामको लागि खोलीएका पेज र अनलाईनमा आबेदन पनि नदिएको होईन तर काम गर्ने दिनको कारणले कोही कसैले उसलाई प्रतीक्रियानै दिएनन्।

कलेजको परिक्षा सकिनु अगाबै कलेजबाट चिट्टी आउँछ। चिट्ठीमा लेखिएको हुन्छ अर्को सेमेस्टरको लागि फि १५६०० डलर। यसको लागि फर्म परिक्षा दिनु अगाबै भर्न पर्छ र आफ्नो सिट सुरक्षित राख्न पक्छ। यदि समयमानै फर्म नभरेको खण्डमा दिनको हिसाबले फाईन लगाईन्छ। अव उसले त्यो कलेजको फि कहाँबाट जुटाउँछ।

उसलाई एकदम तनाब हुन्छ, आत्तिन थाल्छ। चार दिन त कलेज जान पर्छ, काम गर्ने दिन पर्याप्त नहुँदा कतैबाट कामको अफर आउँदैन। उल्टै नेपालबाट ल्याएको पैसा सकिने क्रममा छ। आँखा झिमीक्क समेस्टर गायब हुने देशमा अवको दुई हप्तामा रामले कसरी त्यति पैसा जुटाउन सक्छ। त्यसपछि फेरी उ भौतारीदै कन्सल्ट्यान्सी पुग्छ र भन्छ दाई मैले पढेको युनी एकदम महङ्गो भयो। सस्तो मस्तो मिलाई दिनु न कलेज चेन्ज गर्न पर्यो। कन्सल्ट्यान्सी पनि बल्छी लगाएर कतिखेर बिधार्थी जालमा पर्लान र ट्याक्क पारौला भन्दै बसेका हुन्छन्। ए भाई लौ तिमी फिक्री नगर। अव राम्रो र सस्तो एकदिन जान मिल्ने कलेजमा हामी मिलाई दिन्छौ। बोरु के पो पढ्ने रे। यो बिषय पढ पिआर पनि छ। कलेज पनि खासै जान पर्दैन। सस्तो पनि छ। बिधार्थीको ब्रेनवास गर्दिन्छ। राम रनभुल्लमा पर्छ। के गर्ने के नगर्ने सोचमा डुव्छ। अनि आफैलाई गाली गर्छ। त्यति खर्छ गरेर आएपछि कमसेकम कुन कलेज हो, कति सेमेस्टरको फी हो। कहिले बुझाउन पर्छ। कतिको सहज हुन्छ काम खोज्न र गर्न बुझ्न पर्ने होईन।

अन्धाधुन्धमा के के न पाईयो भनेर वास्ता नगरी आउँदा यसरी फसिने रहेछ। म त बोरु आउँदै नआउनु आए पनि सबै कुरा बुझेर आउन सल्लाह दिन्छु। मेरो जस्तो बिजोग हुन नदिन कम्सेकम एक बर्षको कलेजको फी चाँही तिरेरनै आउनु होस् है अन्नाहकमा तनाब झेल्नु भन्दा।

 

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal