eNepal

नेपाल आइडल रोक्न अदालतको अन्तरिम आदेश

काठमाडौं जिल्ला अदालतले नेपाल आइडल नामक रियालीटी सो रोक्नका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।अदालतमा यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्ष बहादुर रैका, ममता महर्जन र सरिता अधिकारीले बहस गरेका थिए ।

न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेको छ । अदालतले भदौ २३ गते विहान १० बजे दुबै पक्ष बीच छलफल गरेर यो विषय टुंग्याउन आवश्यक भएको समेत बताएको छ ।अब भदौ २३ गते सम्म भोट गन्ने लगायतका काम हुने छैनन् ।
साभार: सिनर्जी एफएम

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal