eNepal

नेपाल आईडलमा यो साता भोट गर्न पैसा नलाग्ने

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा आफ्ना फेवरेट प्रतियोगीलाई भोट गर्दा यो साता पैसा नलाग्ने भएको छ।
गत साताको नो एलिमिनेसन एपिसोड कार्यक्रमको फरम्याट अनुसार नै भएको बताउँदै सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिङको व्यवस्था गरेको जनाएको छ।
नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत दिएको सूचना अनुसार नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने भएको छ।

साथै कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ।
नेपाल आइडलमा अहिले चार प्रतियोगी बाँकी छन्। बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिनेछन्।
आयोजकले ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा गर्ने बताइसकेको छ। फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता हुने बताएको छ।

साभारः सेतो पाटी

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal