नेपालको सुदूरपश्चिमी भू-भाग बिशेष गरेर खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यता बोकेको डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको गौरा पर्व यो बर्ष पनि अस्ट्रेलीयाको मेल्बोर्नमा एक बिशेष कार्यक्रम गर्न मनाईने भएको छ।
फार वेस्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरीयाले आयोजना गर्न लागेको गौरा पर्व आउँदो ४ सेप्टेम्बरका दिन ईस्टोनियन हाउसमा अपरान्न चार बजेबाट शुरु हुँदैछ।
यस कार्यक्रममा सहभागीता जनाउन दोश्रो नेपाल आईडल बिजेता रवी ओड, पछिललो समयका चर्चीत गाएक चक्र बम लगाएत गायिकाहरु अनिता चलाउने र रेखा जोशी आउने भएका छन्।
गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण सबै भन्दा ठुलो धार्मिक एवं सांस्कृतिक पर्व हो । शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विशेष विधिविधान अनुसार शिव पार्वतीको पुजा, आरधना गरेर महिलाहरूले ब्रत मनाउने गर्छन भने पुरूषहरूले देउडा खेलेर खुशियालीमा साथ दिन्छन्।
गौरा पर्व भाद्र शुक्लको षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
आफ्नो कला संस्कृति बिदेशमा पनी बचाई राख्न र बिदेशमा छरिएर बसेका नेपालीहरूमा सद्भाव कायम राखी आफ्नो संस्कृतिलाई भोलीका पीडीले नबिर्सीऊन भन्ने उद्देश्यले हरेक वर्ष फार वेस्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरीयाले मेल्बर्नमा गौरा पर्व मनाउँदै आएको छ।

