eNepal

छोरा बैदेशिक रोजगारमा, बुहारी प्रहरीद्वारा होटेलमा रंगेहात पक्राउ !

मोरङ, जेष्ठ २७ | केहि दिन अघि यस्तो घटना घट्यो जुन सुन्दा जुनसुकै परिवारलाई सरम लाग्छ |

श्रीमान विदेश भएकी एक महिला होटेलमा अन्य पुरुषहरुसंग यौनसम्पर्क गरिरहेको बेला पक्राउ परेका छन | पक्राउ परि सके पछी सोधखोज गर्दा पत्ता लाग्यो उनि रहेछिन मोरङ पथरी शनिश्चरे निवासी श्याम पौडेल (नाम परिवर्तन) को बुहारी | उनको श्रीमान दुइ बर्ष देखि रोजगारको सिलसिलामा बाहिर छन | मोरङ पथरी शनिश्चरेमा आजभोलि यस्ता घटना सामान्य बन्न थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभोलि पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन ।

राजधानी जस्तै हाल मोफसलमा पनि यस्ता घटना बेलाबेला सार्बजनिक भै रहेका छन | इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृत्ति रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनिक हुन थालेका हुन।

नियन्त्रण को प्रयास स्वरूप प्रहरीले बेला बेलामा पथरीबजारका होटलहरूमा छापा मार्ने गरेको छ । जतिबेला छापा मारिन्छ, त्यति नै बेला यौनजन्य क्रियाकलापमा संलग्न जोडी पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका महिलाहरूमध्ये अधिकांशको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेश रहने गरेको प्रहरीले बताउँछ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

नियन्त्रणको धेरै प्रयास भए पनि स्थिति नियन्त्रणमा प्रहरी खासै सफल भने भएका छैनन् | प्रहरीका अनुसार, यस्ता घटना पथरीमा सामान्य बन्न थालेका छन् । प्रहरीले पथरी क्षेत्रमा गुण्डागर्दी र होटलहरूमा हुने अवैध यौनधन्दा निर्मुल पार्न आफ्नो अभियानमा साथ दिन सबैलार्इ अनुरोध समेत गरेको छ ।बेरोजगार, अशिक्षा र ब्यतिथिका कारण समाजमा यस्ता घटनाहरु बारम्बार घट्ने गर्दछन |

– sajhapage

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal