eNepal

अभिभावकको नैतीक र आर्थीक समर्थन बिना उच्च शिक्षा हाँसील गर्न धेरै गार्हो छ अमेरीका अस्ट्रेलीया अनि जापानमा

छोरा छोरीलाई साँच्चै पढ्न पठाउन खोज्नु हुँदैछ कि कमाउन, पहिला यो कुरा अभिभावकले बुझ्न अपरिहार्य छ। यदि ३० लाख लगानी गरेर पैसा कमाउन अमेरीका, अस्ट्रेलीया अनि जापान पठाउने सोच बुन्नु भएको छ भने तुरुन्तै यो सोचलाई परिबर्तन गर्नै पर्छ अन्यथा घरको आर्थीक भार थेग्न नसकेर छोरा छोरालाई बेलैमा मानसिक रोगको शिकार बनाउन नपठाउनु होस्। बोरु जे जस्तो छ आफ्नै देशमा ईलम गर्न लगाउनु होस्, व्यापार गर्न अभिप्ररीत गर्नु होस्।गरे डलर नेपालमा नी फल्छ।बिदेश धाउनै पर्दैन।

एउटा बिधार्थीले बिधार्थी भिषामा पैसा कमाउनै सक्दैन अहिलेको परिस्थीतीमा। आईएलटिएस् देखी तनाब सुरु भएको भिषाको लागि कागजात पुर्याउदानै उ थाकि सकेको हुन्छ। पैसाको बन्डल बुझायो भिषा आउँछ आउँदै तनाब। भिषा आउँदैमा फुरुक्क परि हाल्न पर्ने जरुरीनै छैन। आज भन्दा पाँच बर्ष अगाडीका दाई दिदीले पढेको जस्तो सजिलो पनि कत्ति छैन।कलेजको फिनै आकाशी सकेको छ। त्यहि अनुसार आधारभुत बस्तु हरु। पाँच बर्ष अगाडी गएको दाईको तुलना गरेर त्यहि अनुरुपको आश राख्नु मुर्खतानै हुन आउँछ।
घरको आमाको हातको भात खाको छोरोले एक्कासी बिरानो शहरमा फुत्त हाम्फाल्दा कस्तो महसुस हुन्छ।बस्ने, खाने देखी हावापानीमा फेरबदल, होमसीक आफैमा कति तनाब हुन्छ। त्यस माथि पैसा कमाउन गएको छोरोको ट्यागले झन् कति तनाब दिन्छ आफै मुल्याङ्कन लगाउनु होस्।

कोही बिधार्थीले पनि आएको तिन महिनामा $१३०००-१५००० पैसा जुटाउन सक्दैन किनकि तिन महिनामा उसको अर्को सेमेस्टर सुरु हुन्छ। अब भाग्यवस् चिट्ठानै पर्यो भने मात्र हो। नत्र तिन दिन कलेज गएर बिस घण्टा काम गरेर पैसो जुटाउन बाउको घुँडोनै चुस्न पर्छ।
फेरी कमाउँदैन भन्ने पनि हैन। घरबाट यदि आर्थीक र नैतीक समर्थन मात्र छ भने उसले खाने र बस्ने खर्च चाँही पुर्याउँछ यदि अल्छी नगरी काम गरेको खण्डमा।

नकमाउने होईन कमाउन सकिन्छ तर छुट्टीको समयमा।यता समर ब्रेक भन्छन् हिउँदे बिदा भने जस्तो। त्यो बेला काम गर्न पाईन्छ र यदि त्यहि बेला राम्रो कामको अफर आयो भने। होईन भने चर्को बैंकको ब्याजमा पैसा झिकेर घर धितो राखेर छोरा छोरीलाई बिदेश पठाउँदै हुनु हुन्छ भने बरु त्यो काम नगर्नु होस्। खुसीले नेपालमानै काम गक्ने अवसर दिनु होस्।बेकारमा तनाबको भारी बोकाउन। सक्नु हुन्छ भने नैतीक अनि आर्थीक सहयोग गर्छु भन्ने आश्वासन दिएर पठाउनु होस् छोरा छोरीलाई। तैले कलेजको फि जुटाउन सकिनस् भने हामी पठाउँछौ भनेर आत्मबल दिनु होस्। ढिला चाँडो एकदिन अवस्य कमाउने छन् पैसा। यो नै तितो यथार्थ हो।
लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal