eNepal

म नेपाली हुँ मेरो कुनै जात छैन

सबैलाई थाहा छ यो बर्षको मिस् नेपाल पुर्बी नेपालको उर्लाबारीकी निकीता चन्दकले आफ्नो पोल्टामा पारीन्।सबैले अनुमान लगाएका थिएकी उनीको प्रस्तुतीकरण गर्ने शैली,उनको बिश्वस्तता अनि आत्मबिस्वासलाई हेरेर मिस् नेपालको ताज उनैलाई दिएकोमा धेरैले समर्थननै गरे।

काम नभएका बेरोजगार, देशलाई जातभात, धर्म, अनि हिमाल, पहाड अनि मधेस भनेर सधै भागबन्डा मच्चाएर तान्डब नृत्य हेर्ने केहीले मधेशकी भएर भारतीय सम्म भन्न भ्याए।जबकि मिस नेपालमा भाग लिनलाई नेपाली नागरीक हुन पर्ने मुख्य मापदण्ड धेरैले थाहा पाएनन्।

निकीता उर्लाबारीमा जन्मिएकी अनील चन्दककी छोरी हुन् जो मारवाडी समुदायका हुन्।अनील चन्दक एक प्रतिस्ठीत व्यापारी हुन्।एक जना उनका निकट लेख्छन् अनीलका बुवा पुर्णमल अग्रवाल हाटबजारमा कपडाको व्यापार गर्थे जुन लगभग चालिस वर्ष अगाडीको कुरा हो।निकीताको बाबु अनील चन्दक राधिका माध्यमीक बिधालयका बिधार्थी हुन्।तर मधेशमा जन्मदैमा बर्ण कालो छ भन्दैमा भारतीय भन्नु ज्यादै लज्जास्पद कुरा हो।

निकीता चन्दकले सारा नेपालीको प्रतीनिधीत्व गर्दै मिस नेपाल २०१७को ताज पहिरीन र अव नेपाललाई विश्व सामु चिनाउनमा कटिबद्द भएर लाग्ने छिन्।यस बेला उनलाई प्रोत्साहन गर्नुको बदला उनलाई बिभीन्न आलोचना लगाएर उनको मनोबल गीराउने कुराहरु देख्दा लाग्छ धिक्कार छ तिमीहरुलाई जसले आज अनाहकमा उसको ठाडो भएको शिरलाई गीराउन नानाभाती कुरा औल्याएर उसको मनमा आँच पुर्याउन खोजेका छौ।एउटी नेपाली चेलीले ताज भिरेकी हुन् कुनै मधेसी अनि कालो छाला भएकीले हैन।तिमीहरुको बुद्दीमा बिकाश कहिले होला।कहिले भन्छौ हो हामी सबै एक नेपाली।कसैको दक्षता, लगनशिलता,मेहीनत अनि सकारत्मक शोचको सम्मान गर्न सिकौ।खुट्टा मात्र तान्ने प्रबृतीको अन्त्य गरौ।

लेखक: मनोज पौड्याल

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal