eNepal

चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

कास्की जिल्ला अदालतले ब्राउन सुगर कारोबार गर्ने समूहसहित पक्राउ परेका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ लाई थप ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले गएको आइतबार थप ११ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । अदालतले पहिलोपटक ८ दिन र दोस्रोपटक १८ दिनको समय दिएको थियो ।

लागु औषध मुद्दामा प्रहरीले बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ। प्रहरीले लाहुरेसहित चार जनालाई पक्राउ गरेको थियो । लाउरे सेवनकर्तामात्र भएको अनुसन्धान अधिकारीहरू बताउँछन् ।

कास्की प्रहरी प्रमुख थापाले ब्राउन सुगरको परीक्षण प्रतिवेदन नआइसकेकाले ढिला भएको बताए । ‘हामीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाएका थियौँ तर प्रतिवेदन अझै आइपुगेको छैन’, एसपी थापाले भने ।

प्रहरीले पुस १४ गते राति कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ८ जाल्पा रोडबाट लागु औषध ब्राउन सुगर सहित लाहुरेलाई नियन्त्रणमा लिएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal