eNepal

विदेशमा रहेका नेपालीले पनि क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम लागु

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबार गर्न नपाउने नियम जारी गरेको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गरी क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएकाले त्यसमा संलग्न नहुन निर्देशन दिएको हो । 

सुचनामा भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ।

छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ। 

राष्ट्र बैंकले एक विज्ञप्ति जारी गर्दै जोसियल क्राउड १, सोलेम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आवद्ध हुने वा गराउने कार्य पनि गैरकानुनी रहेको जनाएको छ। त्यसरी कारोबार गरेको पाइएमा कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानुनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरे, गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ।’

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal