eNepal

चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडाको मृत्यु

चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडाको मृत्यु भएको छ। नारायणघाट(हेटौंडा सडक खण्डको गोन्द्राङ भन्ने ठाउँमा नालीमा परेको पोथी गैंडा आइतबार दिउँसो मरेको जिल्ला बन कार्यालय चितवनले जनाएको छ।

कार्यलयको अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको देखिन्छ।  सडक बनाउँदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा आइतबार गैंडा नालीमा खसेको हो। उक्त सडक ६ लेनको बन्दै छ। 

गोन्द्राङदेखि पुल्चोकसम्म ६ लेनको सडक विस्तार गर्न नाली बनाइएको थियो । नजिकैको वनदेवी सामुदायिक वनबाट संभवत कुनै कारणले दगुर्दा गैंडा खाल्डोमा भासिएपछि निस्कन सकेन । झण्डै दुई टनको गह्रुंगो शरिर भएको गैंडा नालीमै भास्सिएको हो ।

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal