eNepal

एमाले अध्यक्ष ओली दम्पत्ती लगाएत प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना सङ्क्रमण पुष्टि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली दम्पत्तीलाई कोरोना संक्रमण भएको छ। शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ओलीसहित उनका पत्ति राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ।

सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पत्तिले पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पत्ति बालकोटस्थित आफ्नो निवासमा नै आइसोलेसनमा बसिरहेका छन् ।

सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ। केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो।

डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ । उहाँको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको पनि सचिवालयले जनाएको छ । केही दिनअघि प्रचण्डलाई पनि कोरोना पुष्टि भएको थियो । 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal