eNepal

अध्यागमन विभागद्वारा नेपाल आउजाउ गर्नेको लागि लागु गर्यो नयाँ नियम

पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलावट तीव्र बनेको छ । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि यो भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । यही बीचमा अध्यागमन विभागले नेपाल आउजाउ गर्नका लागि नयाँ नियम जारी गरेको छ । 

मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो । 

विभागका अनुसार विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ।  नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा ४८ घण्टा भित्रको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने छ भने कोभिड –१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइट सीसीएमसी डट गोर्भरमेन्ट डट एनपीमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात समेत हुनुपर्नेछ । 

यस्तै खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ । 

यस्तै नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण साथमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ।  यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्नेछ । 

तोकिएका डकुमेण्ट पुर्याएर नेपाल प्रवेश गरेका व्यक्तिमा कोभिडको लक्षण वा चिन्ह देखिएमा एन्टिजेन परीक्षण गरी रिपोर्ट पोजेटिभ देखिए आइसोलेसन वा अस्पतालमा बस्नुपर्छ । अन्यथा  ५ दिन होम वा होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ।

https://doc-10-bg-docs.googleusercontent.com/docs/securesc/vem1g1vgaipvh0m5tmbkk7prpnougfna/k9g4b2mnu78os7f3jt7rdcbq4ednfa43/1642799100000/07021655398388647400/17129590830696143906Z/1mJcGFwPTVjwyDAndt_pqjTww-ByQzqmn?e=download&nonce=rup4r6919ctoc&user=17129590830696143906Z&hash=jtbjna286mmdv6d2u8sf7fnfotvfiapo

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal